बजार व्यवस्थापनका नाममा जथाभावी रूख काटिँदै

बजार व्यवस्थापनका नाममा जथाभावी रूख काटिँदै

दमक : झापा गौरादह नगरपालिकामा बजार व्यवस्थापनका नाममा वर्षौं पुराना रूख कटान गर्ने क्रमलाई तीव्रता दिइएको छ।

बजार वरपर रहेका एक दर्जनभन्दा धेरै रूख कटान गरिएको छ। नगरपालिकाले जथाभावी रूख काटेपछि कतिपय वडाका जनप्रतिनिधिले नै असन्तुष्टि जनाएका छन्। बजार व्यवस्थापन तथा सरसफाइका लागि कटान गरिएको भनिए पनि त्यसबारे आफूलाई थाहा नभएको उपप्रमुख गीता भेटवालले बताइन्। भनिन्, ‘बजार व्यवस्थापन गर्ने भन्ने सल्लाहचाहिँ भएको हो, तर रूख काट्नेबारे मलाई थाहा छैन।’

वडा नं १ र २ मा पर्ने बजार क्षेत्रका एक दर्जन वर र पीपलका रूखहरू काटिएका छन्। केही दिनअघि आएको हावाहुरीले रूख ढलेको र मानवीय क्षतिसमेत हुने जोखिम बढेकोले बजार व्यवस्थित बनाउन वडा १, २ र ३ का जनप्रतिनिधिसँग सल्लाह गरेर रूख काट्ने निर्णय भएको नगर प्रमुख रोहित साहले जानकारी दिएका छन्। भने, ‘जोखिम भएको क्षेत्रका काटेका हौं, तर काटेको मात्र हैन अब त्यो ठाउँमा बिरुवा पनि रोप्छौं।’

बजार व्यवस्थापनकै लागि भनेर नगरपालिकाले १० लाख बजेट विनियोजनसमेत गरेको साहको भनाइ छ। वडा नं १ का अध्यक्ष नगेन्द्र भण्डारीले रूख नकाटी केही गर्नै नसक्ने अवस्था भएकोले रूख काट्ने निर्णय भएको बताए। तर, स्थानीयले भने रूख जोगाएर पनि काम अघि बढाउन सकिने अवस्था रहेको बताएका छन्।

बजार व्यवस्थापन समितिकी पूर्वअध्यक्ष प्रेमकुमारी घिमिरेले आफूले रूखहरूको वैज्ञानिक व्यवस्थापन गर्न आग्रह गरे पनि कुरा सुनवाइ नभएको बताइन्। भनिन्, ‘घिमिरेले बजारमा टहरा बनाउनकै लागि भएभरका सबै रूख काट्नुपर्ने अवस्था हुँदैन।’ स्थानीय डा. खगेन्द्र पाण्डव अधिकारीले नगरपालिकाले रूख बचाउनुको साटो कटान गर्न बढी जोड दिएको बताए। भएका रूखलाई संरक्षण गरेर पनि बजार व्यवस्थापन हुन सक्ने उनले बताए। नगरपालिकाले वडा नं १ र २ मा रहेका रूख मेसिन लगाएर काटिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.