१लाख ३५ हजार घुससहित नासु पक्राउ

१लाख ३५ हजार घुससहित नासु पक्राउ

राजविराज : जिल्ला समन्वय समिति सप्तरीका नासु ५७ वर्षीय युगेश्वरप्रसाद यादव घुससहित बुधबार पक्राउ परेका छन्। राजविराज ५ निवासी नासु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले एक लाख ३५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

अख्तियारको टोलीले उनलाई कार्यालयको लेखा शाखाबाटै पक्राउ गरी पेन्टको बायाँ खल्तीबाट घुसवापतको रकम बरामद गरेको हो। त्रिकोलको महुली खोलाको पुल निर्माण सम्पन्न भइसकेकोमा निर्माण व्यवसायी कम्पनीले राखेको धरौटी रकम फिर्ता गर्न पाँच प्रतिशत घुस लिएवापत यादवलाई पक्राउ गरिएको अख्तियारका प्रहरी निरीक्षक ओमप्रकाश खनालले बताए। 

फेवा ड्रागन ओम साइ राम जेभी प्रा.लि. ललितपुरले करिब छ करोडको ठेक्कामा महुली पुल निर्माण सम्पन्न गरेको थियो। ठेक्का लिएको रकमको धरौटी फिर्ता लिन गएका निर्माण कम्पनिका इन्जिनियर कुशेश्वर साहसँग नासु यादवले धरौटीको पाँच प्रतिशत पैसा लिएको र सोही क्रममा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रनि खनालले बताए।

यादवलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि बिहीबार आयोगको काठमाडौंस्थित कार्यालय लगिने अख्तियारले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.