मदन एकेडमीको जित
दमक : दमक गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जित हात पारेको छ । एकेडेमीले मोफसलकै चर्चित टोली झापा–११ लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।
एकेडेमीको जितमा विदेशी खेलाडीले प्रभावशाली प्रदर्शन गरे । म्यापवेल र आबाको उत्कृष्ट प्रदर्शनसँगै उपाधि दाबेदारका रूपमा हेरिएको झापा–११ आफ्नै गृह जिल्लामा पराजित भयो । झापाले थुपै्र अवसर प्राप्त गरे पनि सदुपयोग गर्न सकेन । एकेडेमीका म्यापवेल इलोनले दुई तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एकएक गोल गरे । खेलको १२औं मिनेटमा इलोनले गोल गर्दै टोलीको खाता खोलेका थिए । झापाका दिलेन लोक्तामले हेडमार्फत क्लियर गर्न खोजेको बललाई इलोनले गोल गरेका थिए । २४औं मिनेटमा सौजन राईको पासमा प्रकाश बुढाथोकीले गोल गर्दै एकेडेमीको अग्रता दोब्बर पारे । पहिलो हाफको ३८औं मिनेटमा इलोनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ५८औं मिनेटमा आबाले वान भर्नेस वानमा गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
झापाले निकै कमजोर प्रदर्शन ग¥यो । खेलको तेस्रो मिनेटमै पाएको पेनाल्टी अवसरलाई कप्तान कर्ण लिम्बूले सदुपयोग गर्न सकेनन् । कप्तान लिम्बूले प्रहार गरेको पेनाल्टी बारमा लागेर फर्किएको थियो । बुधबारको खेलमा मदन भण्डारीका सौजन राई म्यान अफ दी म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत बिहीबार आयोजक दमक नगरपालिका र रूपन्देही–११ बीच खेल हुनेछ । प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।