गृहमन्त्रीको निर्देशनसँगै पूर्वमा गाडी चल्न थाले

गृहमन्त्रीको निर्देशनसँगै पूर्वमा गाडी चल्न थाले

मिलन बुढाथोकी/हिमाल दाहाल 

इटहरी :  गृहमन्त्रीको निर्देशनसँगै  प्रहरी राखेर गाडी सञ्चालन गरिएको छ । इटहरीबाट पूर्वको काकरभिट्टा तथा धरान र विराटनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका चालकले गाडी लिएर जनतालाई सेवा दिइरहेका छन् ।सिण्डिकेटविरुद्ध सरकारले खरो नीति लिएपछि सुनसरीमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा अधिकारी सक्रिय भएका छन् ।

 यातायात व्यवसायीले ग्यारेजमा थन्क्याएका सवारी साधन सडकमा ल्याएर प्रहरीका चालकले   चलाएर अलपत्र परेका यात्रुुको उद्धार गरिरहेका छन् । प्रमख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले गाडी थन्क्याएको पाइए प्रहरीले आँफै चलाएर जनतालाई सेवा दिने बताए । उनले भने, ‘इटहरीका व्यवसायीले सुरक्षा दिए गाडी चलाउन प्रतिवद्धता जनाएपछि प्रहरी आफैले सुरक्षा दिएर चलाइएको हो ।’ 

सिण्डिकेटको विपक्षमा उभिएका व्यवसायीले कसैको विरोध गर्ने नभई जनतालाई सेवा दिएको बताएका छन् । व्यवसायी समिर कार्कीले राज्यले भरपर्दो सुरक्षा प्रदान गरे आफुु गाडी थन्क्याउने पक्षमा नभएको बताए । ‘जनतालाई सेवा दिन किनेका गाडी चलाउने नै हो’, उनले भने,‘राज्यले सुरक्षा दिए हामी ग्यारेजमा राख्दैनौँ ।’

सरकारले प्रमुख जिल्ला अधिकारीलाई गाडी चलाउन तयार रहेका व्यवसायीलाई सुरक्षा दिन र हड्ताल पक्षधरलाई पक्राउ गर्न निर्देशन पूर्वमा  गाडी चल्न थालेका छन् । गाडी चलेपछि  बिहानैदेखि घण्टौ सडकमा कुरिरहेका यात्रुुलाई राहत मिलेको छ । तर, छोटो दुरीका सवारीलाई मात्र सरकारले सुरक्षा दिए पनि लामो दुरीका सवारीलाई भने प्रहरी प्रशासनले सुरक्षा दिएको छैन । जसका कारण लामो दुरी यात्रा गर्ने यात्रुु अझै मारमा छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.