प्रहरीले नेता थुनेपछि प्रधानमन्त्री विरुद्ध व्यवसायीको नाराबाजी

प्रहरीले नेता थुनेपछि प्रधानमन्त्री विरुद्ध व्यवसायीको नाराबाजी

धरान : प्रहरीले धरानबाट यातायात व्यवसायीलाई पक्राउ गरेलगत्तै यातायात व्यवसायी र मजदुरले वडा प्रहरी कार्यालय धरानमा घेराउ गर्दै प्रधानमन्त्री केपी ओल विरुद्ध नारावबाजी गरेका छन्।

सयौंको संख्यामा उपस्थित भएका यातायात व्यवसायीले केपी ओली मुर्दावाद, ढिडो खानेलाई होइन, सुन खानेलाई पक्राउ गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाएका थिए। यातायात व्यवसायी श्याम कट्टेलले पक्राउ परेका सहकर्मीलाई तत्काल रिहा नगरे आन्दोलनलाई अझ शसक्त बनाउने चेतावनी दिए। 

प्रहरीले धरानबाट अहिलेसम्म नौजना व्यवसायीलाई पक्राउ गरेको छ। सरकारले खारेज गरेको यातायात सिण्डिकेटको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गर्ने नौजना व्यवसायी धरानबाट पक्राउ परेका हुन्। गृहमन्त्री रामबहादुर थापाले गाडी बन्द गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। 

शुक्रबार सार्वजनिक सवारी साधन बन्द गराउँदै हिँडेको अभियोगमा प्रहरीले यातयात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीसहित नौजना व्यवसायीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पूर्वाञ्चल यातायात संघका महासचिव नेत्र थापा, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायीहरु सुमन थापामगर, मोहनमणि बराल, श्याम कट्टेल, पद्मसुन्दर लिम्बु र गणेश विष्ट रहेका छन्। उनीहरुलाई प्रहरीले भानुचोकबाट नियन्त्रणमा लिएको थियो। पक्राउ लगत्तै एक घण्टा वडा प्रहरी कार्यालयमा राखिएका उनीहरुलाई इलाका प्रहरी कार्यालयमा लगिएको छ। 

 इलाका प्रहरी कार्यालय धरानका डीएसपी रामेश्वर पौडेलले सार्वजनिक यातायातका साधन बन्द गरी सर्वसाधारणलाई दुःख दिएको अभियोगमा यातायात व्यवसायीलाई पक्राउ गरेको जानकारी दिए। 

उनले पक्राउ परेका व्यवसायीविरुद्ध कस्तो कारबाही गर्ने भन्ने विषयमा भने माथिल्लो निकायसँग राय माग्ने काम भइरहेको जानकारी दिए। प्रहरीले व्यवसायीलाई पक्राउ गर्न थालेपछि यातायात व्यवासायीबीच भाग दौड मच्चिएको छ। प्रहरीले प्रदेश नम्बर एकमा यातायातका साधनमा सिन्डिकेट लगाउने पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठ, कोसी बस व्यवसायी संघका सचिव तथा एमाले नेता राजमणि निरौलालाई समेत पक्राउ गर्न प्रहरी परिचालन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.