भोजपुरबाट चारजना यातायात व्यवसायी पक्राउ
![भोजपुरबाट चारजना यातायात व्यवसायी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/20180504124459_Bhojpur-yatayat_NgrqtracJ9.jpg)
भोजपुर: सिन्डिकेटको पक्ष लिँदै गाडी बन्द गर्ने चारजना यातायात व्यवसायीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरको टोलीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार चारजना यातायात व्यावसायीलाई पक्राउ हिरासतमा लिएको हो । पक्राउ पर्नेमा संयुक्त बस व्यावसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई, सगरमाथा ट्याक्सी व्यावसायी संघका अध्यक्ष राजन राई र कोषाध्यक्ष अर्जुन तामाङ रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर हिरासतमा राखेको प्रहरी निरिक्षक चरित्रबिक्रम कार्कीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)