बेलायती बारीमा गणेशचौथीको काँक्रो

बेलायती बारीमा गणेशचौथीको काँक्रो

मेरो बुुुुवाको कुुुुनै जागिर बन्दव्यापार थिएन। खेती किसानीबाटै हामीलाई हुुुुर्काए, पढाए। खुुुुट्टा लाग्ने भएपछि आफैं गरेर खानुुुु है भनेर सहर पठाए। मेरा दाजुुुुहरू अहिले पनि खेतीपाती नै गर्छन्। मलाई पनि गर्व लाग्छ किसानको छोरा भएकोमा। तर, मैले भने पेसा परिवर्तन गरेँ। कुुुुनै बेला जागिरे थिएँ। अहिले व्यापार गरी टोपलेको छुुुु। तर, जीवनको भरचाहिँ त्यही किसानीमै सुुुुरक्षित छ झैं लाग्छ। कहीँकतै केही नभए पनि गाउँमा खेतबारी लडेर बसेको छ, खेती गरौंला भन्ने आँट भने मनको कुुुुनै कुुुुनामा रहेको छ। फरक यति रहेछ, विदेशमा खेती गर्नेको इज्जत ठूलो, नेपालमा भने कृषक जहिले पनि थिचिएको थिचियै।

हामीकहाँ किसानहरू सधैं उत्पीडनमा छन्। कहिले बीउ, खाद्य मल नपाएर, कहिले खडेरी परेर। अनेकौं दुुुुःख भए पनि उनीहरू आफ्नो कर्ममा निरन्तर लागिरहेका छन्, उही पुुुुरानै शैलीमा। भोलिदेखि नै कृषिक्रान्ति सुुुुरु गर्ने नेताहरूका फूर्ति दशकौंदेखि सुुुुन्दै आइरहेको हो। तर, त्यो कुुुुन चरीको नाम हो, देख्नै पाइएन।

म बेलायतको कृषिक्रान्तिबारे केही उल्लेख गर्न चाहन्छुुुु। बेलायतवासी साहित्यकार कृष्ण बजगाईंले तरकारी टिपिरहेको फोटो फेसबुुुुकमा हालेका थिए। त्यो देखेर कुुुुनै दिन बेलायत पुुुुगेँ भने त्यहाँको कृषि फार्ममा जानेछुुुु भन्ने रहर बनाएको थिएँ।

०००

आज मेरो बेलायत बसाइको अन्तिम दिन शुुुुक्रबार परेको छ। भोलि प्रस्थान गर्नुुुु छ। बिहीबार हामी सेक्सपियरको जन्मभूमिमा गएका थियौं। बजगाईं सर, वासुुुुदेव अधिकारी, विजय सापकोटा, डा. रूपक श्रेष्ठ र म सँगै थियौं। त्यहाँ ‘आजका लघुुुुकथा’ किताबको विमोचन पनि गरियो। र, आज बिहानै वाटफोर्डको बजारतिर घुुुुम्दै त्यहाँको पुुुुस्तकालयमा पनि पुुुुगियो। बेलायतमा ट्रेन, बसको भीडभाडमा च्यापिएर पनि किताब पढिरहेका मानिसहरू देख्दा म अचम्भित हुुुुन्छुुुु। स्थानीय काउन्सिलले हरेक ससाना सहरमा पनि सार्वजनिक पुुुुस्तकालयको व्यवस्था गरिदिएको हुुुुँदो रहेछ।

वाटफोर्डको नजिकैको अर्को सानो सहर एजवयरबाट विजय आएपछि कृषि फार्मका लागि प्रस्थान गर्‍यौं। ग्रोभ फार्म लन्डनबाट करिब ६७ किलोमिटर उत्तरमा पर्छ। फार्ममा नजिकै सुुुुन्दर बस्तीहरू पार गरेर जाँदै थियांै हामी। ती घरहरूको सुुुुन्दरतामा म हराएको देखेर होला कृष्णजीले भन्नुुुुभयो, ‘यस्ता साना बंगला धेरै महँगा हुुुुन्छन्। जो कसैले एफोर्ड गर्न सक्दैनन्। यो देशमा त गरिबहरू ठूला घरमा बस्छन्, धनीहरू साना घरमा।’

अलिकति अगाडि गएपछि एउटा गज्जबको दृश्य देखियो। त्यहाँ बारीभरि सोलार प्यानलहरू थिए। ‘बस्ती नभएको यति टाढाको एकलासमा किन यसरी राखेका होलान् ? ’ मेरो मनमा जिज्ञासा थियो। वाचाल कृष्णजीले भन्नुुुुभयो, ‘यो सोलारको खेती पो त छविजी।” पहिले त मैले कुुुुरा बुुुुझिनँ। उहाँले बिस्तारमा चर्चा गर्नुुुुभयो। मानिसहरू व्यावसायिक रूपमा सोलारबाट निकालिएको बिजुुुुली सरकारलाई बेच्दा रहेछन्। जमिन भाडामा लिएर यस्ता खेती गर्नेहरू धेरै रहेछन्।

जता हेर्‍यो त्यतै खुुुुला र खाली मात्रै छ। यस्तो लाग्छ, मान्छे नै छैनन् त्यहाँ। टाढाटाढासम्म फैलिएका मैदानजस्ता बारीका पाटाहरू, कहीँ खनखान गरिएका, कतै त्यत्तिकै खाली। अनि आडैमा हरियो जंगल। कतै चौरमा काला सेता भेडाहरू चरिरहेका। मानौं, यो कुुुुनै अति विकसित देश नभईकन एउटा शान्त, सफा र विशुुुुद्ध प्राकृतिक जीवन बाँचिरहेको ‘भर्जिन’ गाउँ थियो। लन्डनको कोलाहलबाट अलिकति भित्र पस्नासाथ यति शान्त र सौम्य भूगोल टेक्न पाउँछुुुु भनेर मैले कल्पनासम्म पनि गरेको थिइनँ।

बेलायती बारीमा गणेशचौथीको काँक्रालन्डनको कोलाहलबाट अलिकति भित्र पस्नासाथ यति शान्त र सौम्य भूगोल टेक्न पाउँछुुुु भनेर मैले कल्पनासम्म पनि गरेको थिइनँ।

यत्तिकैमा फार्म आइपुुुुगियो। फार्मको गेटअगाडिको ठूलो चौरमा कार पार्किङ गरेर हामी भित्र पस्यौं। न पाले, पहरा न टिकट। हामीकहाँ भए कति पर्खाल र पालेपहराको थुुुुनछेक लगाउनुुुुपथ्र्यो। आखिर सबैभन्दा बलियो कुुुुरा त विश्वास नै रहेछ नि। भित्र जाऊ, घुुुुम, हेर, मन लागेको बोटबाट मन लागेको तरकारी, फलफूल टिपेर ल्याऊ, काउन्टरमा ल्याएर जोखाऊ र पैसा तिर। सफा अर्गानिक स्वादिला तरकारी र फलफूलहरू बारीमै आफैंले टिपेर लिन पाउनुुुुको मज्जा नै बेग्लै।

मान्छेहरू कोही ताजा तरकारी बोकेर आफ्ना कारहरूतिर लागेका छन्। कोही पैसा तिर्न लाइनमा। केटाकेटी पनि सरोबरी छन्। यहाँ त छुुुुट्टीका दिनमा केटाकेटीलाई लिएर पिकनिक आउने चलन पो हुुुुँदो रहेछ।

यहाँ यस्ता धेरै फार्म रहेछन्। हामी गएको ग्रोभ फार्म थियो। सन् १९८१ देखि सुुुुरु भएको यो फार्म ८० एकड जमिनमा फैलिएको रहेछ। ३० प्रकारका फलफूल र सिजन अनुुुुसारका तरकारीहरू यहाँ उपलब्ध रहेछन्। हामीले एउटा गाडा लियौं र फलफूल भएतिर लम्कियौं। मैले ठेला घँचेटेको थरीथरी एंगलबाट विजयले फोटो खिचेर ‘ठेलावाला विथ ह्वाइट कोट इन द फार्म’ भनेर हँसाइरहेछन्। यसरी फार्मको यो घुुुुमाइमा पारिवारिक स्नेह पनि छताछुुुुल्ल भइरहेको छ।

आलुुुु र प्याज हामीले आफैं खनेर लियौं। ट्याक्टर ड्राइभर एउटै छ आफैं खन्छ, सफा गर्छ र बोरामा हालेर बाँधेर चाङ लगाएर राख्छ। म त हेरेको हेर्‍यै भएँ, प्रविधिको विकास न हो, करिब आधा घन्टामा एक एकड जतिमा खनिसक्छ आलुुुु। मैले नेपालमा खेती गर्नेलाई सम्झेँ। दुुुुःख गरेर उत्पादन गरे पनि किसानले उत्पादन गरेका वस्तुुुुहरूको मूल्य तोक्ने दलाल हुुुुन्छन्, कस्तो दुुुुर्भाग्य !

एक्कासि मैले मेरो घरअगाडि तरकारी खेती गर्ने एउटा परिवारलाई सम्झेँ। उनीहरू हामी ओछ्यानमै हुुुुँदा बारीमा आउँछन् र साँझ अबेरसम्म काम गर्छन्। उनीहरूले उत्पादन गरेको तरकारी किन्नेहरू यसरी मोलमोलाई गर्छन्, मानौं यो देश बिगारेकै तरकारी बेच्नेहरूले हो। आफ्नो        श्रमको मूल्य माग्नुुुु सबैभन्दा ठूलो भ्रष्टाचार हो झैं उनीहरू गर्छन्। यो सम्झेर मन अमिलिन्छ। ‘जान अञ्जानमा मैले पनि कुुुुनै किसानसित यस्तै व्यवहार पो गरेँ कि ? ’ मेरो मनले नगरेको गल्तीका लागि बेलायती बारीबाट माफी माग्छ, कुुुुनै अमूक किसानसित।

सायद बेलायतका किसानहरूले यस्तो समस्या झेल्नुु पर्दैन। यहीँ पनि फार्ममा काम गरिहेका कामदार, किसान देखिन्छन्। उनीहरूले बुुुुट, विशेष किसिमको पोसाक लगाएका छन्। हातमा पञ्जा छ, न मैलो छ न धुुुुलो छ।

हामीले काउली, बन्दा, मूला, बोडी, टिपेर लियौं। लोभलाग्दो मकैको खेती देख्दा आफ्नो गाउँको याद ताजा भयो। हामीलाई फर्सी र काँक्रो पनि लिनुुुु थियो। ठाउँठाउँमा फार्मको नक्सा टाँगिएको थियो। ती तरकारी अर्कोपट्टि थिए।

बाहिर निस्किएर हामी फर्सीबारीतिर लम्कियौं। फर्सी र काँक्रा सँगसँगै भेटिए। बारीभरि लडेका काँक्रा देखेपछि त भोक पो लाग्यो। कृष्णजी मलाई काँक्रा टिपेर दिँदै हुुुुनुुुुहुुुुन्थ्यो। फ्रिमा खान पाइने हो कि होइन भनेर मलाई कताकता डर लागेजस्तो भइरहेको थियो। त्यसो त अरू पनि टिप्दै खाँदै थिए। तर, उनीहरूको प्रविधिले भने पक्कै हामीलाई हेरिरहेको थियो। जे भए पनि यहाँको काइदा कानुुुुन बुुुुझ्ने मान्छे साथ थिए, त्यसैले पनि मैले ढुुुुक्क भएर काँक्रा खाएँ।

केही घर लैजानका लागि टिपियो। त्यही बेलामा सञ्जुु भाउजूले भन्नुुुुभयो, ‘आज त गणेश चौथी पो हो त।’ ओहो कस्तो संयोग ! हामी मरिमरि हाँस्यौं। सानो बेलामा गणेश चौथीका दिन काँक्रा चोरेका अनुुुुभवहरू रमाइलोसँग साटियो। मनमा अर्कै किसिमको आनन्दको अनुुुुभूति भइरहेको थियो। टोलीका अरू सदस्यका अनुुुुहारमा अतीतको सम्मोहनले पोतिदिएको खुुुुसी देखेर मनमा लाग्यो, ‘आखिर मान्छे जहाँ पुुुुगे पनि, जति ठूल्ठूला सफलता हासिल गरे पनि वास्तविक खुुुुसी दिने त यस्तै ससाना कुुुुराहरू नै हुुुुँदा रहेछन्। हामी केही समय काँक्रो र फर्सीसँगै फोटो सेसनमा बरालियौें।

अपराह्न हुुुुन लागिसकेको थियो। विस्तारै वातावरण चिसिँदै गयो। घरमा पाहुुुुना बोलाएकोले सञ्जुु भाउजू हतारिइरहनुुुुभएको थियो। तर, आफूलाई चाहिँ घुुुुमाइको धीत नै मरिसकेको थिएन। किसानको छोरो, खेतबारी, मेलापात गरेरै हुुुुर्किएको म यहाँ धेरैपछि आफू जन्मिएको गाउँ, बाल्यकाल र किशोरकाल सम्झिएर भावुुुुक भइरहेको थिएँ। मेरो मनमा निकै दिनपछि पूर्ण प्राकृतिक आनन्दानुुुुभूति सञ्चारित भइरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.