२२ दिनकी सुत्केरी मृत
![२२ दिनकी सुत्केरी मृत](https://annapurnapost.prixacdn.net/media/albums/20180422030439_Accident_eJd830z13M.jpg)
त्रिशूली(नुवाकोट): बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)