आहुतिको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी

आहुतिको नेतृत्वमा नयाँ कम्युनिस्ट पार्टी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले एमालेसँग एकता गर्ने घोषणा गरेपछि पार्टीबाट बाहिरिएका विश्वभक्त दुलाल ‘आहुति’ले शनिबार नयाँ पार्टीको घोषणा गरेका छन्। 

कार्ल मार्क्सको दुई सयौँ शतवार्षिकीको विशेष सन्दर्भमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठनको पहल सुरु भएको घोषणा विज्ञप्तिमार्फत् गरिएको छ। ‘विश्व सर्वहारा-श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक काल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणको संगठित पहल सुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अन्यन्तै खुशी र गौरव महसुस भएको छ’, घोषणा वक्तव्यमा भनिएको छ। 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल नामको नयाँ पार्टी निर्माणका लागि आहुतिको संयोजकत्वमा ‘वैचारिक, राजनीतिक तथा सांगठनिक अभियान समिति-२०७५’ गठन भएको छ। उक्त अभियानमा ५१ सदस्य छन्।

वैशाख २१ गते राजधानीमा भएको विशेष भेलाले वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक र राजनीतिक कार्यदिशा पारित गरेको वक्तव्यमा उल्लेख गरिएको छ। 

उक्त अभियानमा माओवादीबाट अलग भएका बलाराम तिमिल्सिना, जागृत रायमाझी, धु्रव पराजुली राजेश्वरी सुवेदीलगायत छन्। घोषणा वक्तव्यमार्फत् वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माणको अभियानमा जोडिन सबैसँग अपिल गरिएको छ। 

‘भूमण्डलीकृत पूँजीवाद अर्थात् आजको साम्राज्यवाद तथा दलाल पूँजीवादी व्यवस्थाले सर्वहारा–श्रमिक वर्गलगायत सम्पूर्ण मानवतामाथि लादेको सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण बिनासका विरुद्ध वर्ग संघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित सुरु हुने वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्मार्णको अभियानमा पहलकर्मीका रुपमा जोडिन सबैमा हार्दिक अपिल गर्दछौं’, वक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.