वडामा मात्र ९ हजार कर्मचारी रिक्त

वडामा मात्र ९ हजार कर्मचारी रिक्त

काठमाडौं : देशका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ३४ वडामा ९ हजारभन्दा बढी कर्मचारीको दरबन्दी खाली छ । रिक्त दरबन्दीमध्ये वडाध्यक्षलाई प्रत्यक्ष सहयोग पुु¥याउने वडासचिव पद नै बढी संख्यामा रिक्त रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सबै वडामा वडासचिवसहित १६ हजार २ सय ४३ कर्मचारी आवश्यक पर्नेमा ९ हजार ९२ दरबन्दी रिक्त छ । वडामा सुुब्बा तथा खरिदार तहका कर्मचारी रहन्छन् । वडामा कर्मचारी रिक्त रहँदा प्रत्यक्ष सेवा प्राप्तिबाट सेवाग्राही वञ्चित हुुनुुपरेको छ । कर्मचारी अभावमा नीति, बजेट तथा कार्यक्रम बनाउने काममा समेत समस्या भइरहेको मन्त्रालयले जनाएको छ । त्यसो त देशभरका स्थानीय तहमा मात्रै प्रशासन सेवाका खरिदारदेखि सहसचिवस्तरसम्मका १० हजार ८ सय ४२ कर्मचारी अभाव छ ।

कर्मचारी अभाव भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न कार्यालयमा रहेका कर्मचारीलाई स्थानीय तहमा खटाउनकै लागि १५ दिने समय दिएर निवेदन माग गरेको थियो । खरिदार–सुुब्बादेखि उपसचिवसम्मकै कर्मचारीबाट निवेदन माग गरिएकामा देशभर ७ हजारभन्दा बढी कर्मचारीको निवेदन प्राप्त भएको संघीय मामिला मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुुख सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए ।

कर्मचारीको निवेदन प्राप्त भए पनि रिक्त रहेका वडादेखि अन्य नगरपालिका तथा गाउँपालिकामा समेत दरबन्दीअनुुसार कर्मचारी खटाउन सकेको छैन । मन्त्रालयका सहसचिव तामाङले भने अब सोही निवेदनका आधारमा रिक्त स्थानमा कर्मचारी खटाउने दाबी गरे । मन्त्रालयका अनुुसार सहसचिव दरबन्दी रहने १७ स्थानीय तहमा १५ पद रिक्त छ । यसैगरी, उपसचिव दरबन्दी रहने ४ सय ९६ स्थानीय तहमा २ सय ५२ पद रिक्त छ । शाखा अधिकृत दरबन्दी रहने ८३० वटा स्थानीय तहमा ५ सय पद रिक्त छ ।

स्थानीय तह: ७ सय ५३

वडा संख्या: ६७३४

वडामा जम्मा चाहिने कर्मचारी: १६२४३

वडामा रिक्त कर्मचारी: ९०९२

सहसचिव पद रिक्त: १५

उपसचिव पद रिक्त: २५२

शाखा अधिकृत रिक्त: ५ सय

 

स्वास्थ्य, कृषि र पशुु सेवाका १९ हजार कर्मचारी अन्योलमा

स्वास्थ्य, कृषि र पशुु सेवाका मात्रै १९ हजार ५ सय ५८ कर्मचारीलाई ७ सय ५३ स्थानीय तहमा स्थानान्तरण गर्नुुपर्ने भए पनि त्यसको व्यवस्थित प्रक्रिया सुुरु हुुन सकेको छैन । हाल देशभरका ३ सय ७८ कृषि सेवा केन्द्र र ९ सय ९९ वटा पशुु सेवा केन्द्रमा रहेका ४ हजार ८२ जना र स्वास्थ्य चौकी र आयुुर्वेद केन्द्रमा रहेका १४ हजार ७ सय ३८ समेत गरी १९ हजार ५ सय ५८ कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्नुुपर्ने भए पनि संघीय मामिला मन्त्रालयको बेवास्ताका कारण ती कर्मचारी स्थानीय तहमा गएर काम गर्ने वातावरण सिर्जना हुुन सकेको छैन । संघीय मामिला मन्त्रालयका उपसचिव प्रेम लुुइँटेलले स्वास्थ्य, कृषि र पशुु सेवाका कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया सुुरु भइसकेको र आधा कर्मचारी स्थानीय तहमा गइसकेको दाबी गरे । तर, स्वास्थ्य, कृषि र पशुुसेवाका कर्मचारीले भने स्थानीय तहले काम गर्ने ठाउँ र जिम्मेवारी दिन नसक्दा आफूहरू अन्योलयमा परेको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.