प्रहरीले दर्ता गर्न मानेन छुवाछूतको मुद्दा

प्रहरीले दर्ता गर्न मानेन छुवाछूतको मुद्दा

गमगढी : प्रहरीले जातीय विभेद एवं ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गर्न नमानेको पाइएको छ। मुगु सदरमुकाम गमगढीमा वैशाख ११ गते जातीय विभेद हुने गरी गालीगलौज गर्दै आफूमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गए पनि प्रहरीले दर्ता गर्न नमानेको पीडितले बताएका छन्।

छायाँनाथ रारा नगरपालिका–११ का जिल्लासिंह नेपालीलाई सोही नगरपालिका– १० का सुरबहादुर बुढाले वैशाख ११ गते सदरमुकाम गमगढीमा केटा लगाएर गालीगलौज गर्दै मरणासन्न हुने गरी कुटपिट गरेका थिए। त्यसैले ज्यान मार्ने उद्योग र जातीय छुवाछूतसम्बन्धी मुद्दा लिएर एक हप्तादेखि जिल्ला प्रहरी कार्यालय धाए पनि प्रहरीले मुद्दा लिन अस्वीकार गरेको पीडितका दाजु नौलासिंह नेपालीले बताए।


यो पनि पढ्नुस् : मेयरको टोलमै छुवाछूत


वैशाख १० गते बेलुकी नगरपालिकाको लुहावान्हा स्थानमा सुरबहादुर बुढासँग सडक खन्ने विषयमा छलफल हुँदा झगडा परेको, कुटाकुटसमेत भएको र पछिल्लो दिन सदरमुकाम आएको बेला बुढाले केटा लगाएर पिटेको पीडितको भनाइ छ। बुढा माओवादी केन्द्रका जिल्लास्तरीय नेता भएकै कारण राजनीतिक दबाबले प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनले बताए।

मुद्दा लिएर प्रहरीकहाँ पुग्दा प्रहरीले जातीय छुवाछूत भएको प्रमाणसहित ल्याउनुपर्ने भन्दै फिर्ता पठाएको पीडित जिल्ला सिंहको भनाइ छ। हुने खाने र पहुँचवालाले जे गरे पनि छुट हुने, गरिब निमुखाले बिनाकारण मरणासन्न हुने गरी कुटाइ खाँदा पनि केही नहुने उनले गुनासो गरे।

झगडा गर्दा दुवै पक्ष घाइते भएको तथा जातीय छुवाछूत भएको प्रमाण नभएकाले त्यस विषयमा बुझ्ने काम प्रहरीले गरिरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमकिरण बोगटीले बताए। राजनीतिक दबाबक कारण मुद्दा दर्ता नगरेको भन्ने आरोप गलत भएको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.