अमेरिकामा १२ वर्षीय नेपाली बालकलाई साढे चार लाख डलरको छात्रवृत्ति

अमेरिकामा १२ वर्षीय नेपाली बालकलाई साढे चार लाख डलरको छात्रवृत्ति

न्यूयोर्क/अमेरिकाः न्यूयोर्कको रिजउडस्थित ‘आइ एस ९३ रिजवुड इन्टरमिडिएट’ स्कुलमा अध्ययन गर्दैै आएका १२ वर्षीय जेम्स कर्माचार्यले ४ लाख ५० हजार अमेरिकी डलरको ‘टेक फेलोसिप’ प्राप्त गरेका छन् । 

उनलाई कक्षा ६ देखि स्नातक तहसम्म पढ्नका लागि आवश्यक पर्ने खर्च छात्रबृतिमार्फत प्राप्त हुनेछ । हालसम्म सरकारी स्कुलमा पढिरहेका जेम्स अब आफैँले रोजेर अमेरिकाको सबैभन्दा राम्रो निजी स्कुलमा पढ्न पाउने छन् । 

उनी कक्षा ४ सम्म नेपालमै अध्ययन गरेर ३ वर्षअघि मात्र अमेरिका आएका हुन् । उक्त छात्रवृत्ति प्रदान गर्ने संस्थाले जेम्सको पढाई सँगसँगै गरिने सम्पूर्ण अतिरिक्त क्रियाकलापका लागि वार्षिक रूपमा ५७ हजार अमेरिकी डलर खर्चने छ । 

यति ठुलो अवसर भने जेम्सले यत्तिकै पाएका होइनन् । जेम्स सानैदेखि पढ्नमा तीक्ष्ण, अत्यन्तै मेहनती र क्षमतावान थिए । कक्षामा जुनसुकै विषयमा पनि उनी शत प्रतिशत नम्बर ल्याऊ“थिए । 

यो छात्रवृत्तिमा छानिनका लागि आवश्यक क्राइटेरिया (पद्धति) पुगेको देखेपछि स्कुलका शिक्षकहरूले नै नाम सिफारिस गरेको उनका बाबु राजन कमार्चायले बताए । ‘हामीलाई त यस्तो फेलोसिप छ भन्ने पनि थाहा थिएन । शिक्षकहरूले तिम्रो छोराको नाम ‘टेक फेलोसिप’मा सिफारिस गरेको छौँ भनेपछि मात्रै थाहा पायौँ,’ उनले भने, ‘त्यसपछि ६ महिना लामो प्रक्रिया लगाएर पटक÷पटकको परीक्षा र अन्तरवार्ता पछि छोराको नाम छानिएको हो ।’ 

जेम्स कक्षाको राम्रो विद्यार्थी हुन् । जुनसुकै विषयको टेस्टमा सय मा सय नै नम्बर ल्याऊ“थिए । वर्षभरिमा एक दिन पनि स्कुलमा गयल ह“ुदैनथे । यस्ता सबैखाले पद्धति पुगेपछि स्कुलले उनलाई यस छात्रबृति कार्यक्रममा सहभागी गराएको हो । 

आफूलाई स्कुलले यस कार्यक्रममा सहभागी गराएको छ भन्ने थाहा पाएपछि जेम्सले घरमा पनि निकै मेहनत गरेका थिए । दिनरात नभनी पढ्थे । जेम्सका बाबु राजनका अनुसार स्कुलले छोराको मात्र होइन मेरो पनि १ घण्टा लामो अन्तरवार्ता लिएको थियो । परिवारको अवस्था कस्तो छ ?, वार्षिक कमाइ कति छ ? के काम गर्छ भन्ने लगायत सम्पूर्ण कुराहरू अन्तरवार्तामा सोधिएको थियो । यस्तो छात्रवृत्ति पाउने उनी पहिलो नेपाली विद्यार्थी हुन् । 

राजनले छोरा जेम्सलाई ३ वर्ष अघि मात्र अमेरिका ल्याएका थिए । कुलेश्वर घर भएका राजनले छोरालाई कक्षा ४ सम्म ललितपुरको शुभतारा बोडिङ स्कुलमा पढाएका थिए । नेपालमा छ“दा पनि जेम्स सधैँ कक्षामा प्रथम हुन्थे । 

‘छोराको खुसी मा आफैले संसार जिते जस्तो महसुस भएको छ’ उनले भने, ‘परिवार र आफन्तको फोन कलहरू आएको आयै छ । खुसीले परिवारको माहौल छुट्टै भएको बताऊ“दै उनले भने, ‘आजै मात्र जेम्सलाई घरमा सगुन खुवायौँ ।’ 

अमेरिकामा अधिकांश नेपालीले आफ्ना बालबालिकालाई सरकारी स्कुल पढाउने गर्छन् । निजी स्कुल मंहगो हुने भएकाले जो सुकैले पढाउन सक्ने अवस्था पनि हु“दैन । ‘मैले पनि जेम्सलाई सरकारी स्कुल नै पढाएको थिए“ । तर, उसको क्षमताले पाएको यो उपलब्धिले अब निजी स्कुल पढ्न पाउने मात्र होइन उसको भविष्य निर्धारणको जिम्मा नै छात्रवृत्ति प्रदान गर्ने संस्थाले लिएको छ । हाम्रो लागि यो भन्दा खुसीको कुरा अरू के हुन सक्छ ?’ उनले भने । 

न्यूयोर्क सहरका विद्यालयहरूमा कक्षा ६ मा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रदान गर्ने ‘टेक फेलोसिप’ निकै महत्त्वपूर्ण छात्रवृत्ति हो । अत्यन्तै ट्यालेन्ट विद्यार्थीहरूको भविष्य निर्धारणमा यसको ठुलो महत्त्व छ । 

उक्त छात्रवृत्ति प्रदान गर्ने संस्थाले न्यु योर्क सहरका विद्यालयहरूलाई ट्यालेन्ट विद्यार्थीहरूको नाम नोमिनेसनका लागि अह्वान गर्छ । विद्यालयहरूले ३०० जनाको नाम नोमिनेसन गर्छन् त्यसमध्ये ३० जना विद्यार्थी वर्षेिी छनौट हुने गर्छन् । कक्षा ६ देखि  स्नातक तहसम्म पढाउन लाग्ने सम्पूर्ण खर्च छात्रवृत्तिले व्यहोर्ने छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.