प्रधानमन्त्री भन्छन्: प्रतिगमन र बिखण्डनका कुरा अब दिवास्वप्न मात्रै

प्रधानमन्त्री भन्छन्: प्रतिगमन र बिखण्डनका कुरा अब दिवास्वप्न मात्रै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथि सरकारले कडा नीति लिने बताएका छन् ।राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  जातीयताका नाम आतंक मच्चाउने कार्य सह्य नहुने बताए ।

‘कहिले जनताका नाममा, कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई छोड्दैनौ’, प्रधानमन्त्री ओलीले भने 'राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर बस्दैन ।' उनले राष्ट्र अघि बढ्न लागेको बेलामा  अराजकता मच्चाउने विरुद्ध सरकार कडारुप प्रस्तुत हुने बताए ।

उनले भने, 'राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने,जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने,धार्मिक विद्वेष फैलाउनेहरुबाट सजग हुनुपर्छ ।' प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए ।

'अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो'. प्रधानमन्त्री ओलीले  भने, 'कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठीक लाउने ठाउँमा हामी छौं ।' राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै प्रधानमन्त्री ओलीले  भने, 'यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो ।'

प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको  बताए ।उनले नेपालीहरु तोपसँग खुकुरीले लडेर जीत हासिल गरेको जाति भएको स्मरण  गराए ।  'राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रैदेखि बलियो बनाउनु पर्दछ', प्रधानमन्त्री ओलीले भने. 'भित्र कमजोर पार्ने तर, बाहिर बलियो देखाएर मात्र हुँदैन ।'

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समय अनुकुल ढंगले अघि बढाउने तयारी भइरहेकोे बताए । 'विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं', प्रधानमन्त्री ओलीले भने, 'दासता नस्वीकारेका र पराधन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ ।' कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा.युवराज खतिवडा र प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.