चियापत्तीको न्यूनतम मूल्यमा किसान खुसी, उद्योगी असन्तुष्ट

चियापत्तीको न्यूनतम मूल्यमा किसान खुसी, उद्योगी असन्तुष्ट

इलाम : सूर्योदय नगरपालिकाले चियापत्तीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। हरियो चियापत्तीको न्यूनतम मूल्य तोक्नुपर्ने माग चिया उत्पादक किसानले गर्दै आएका बेला सूर्याेदय नगरपालिकाले यस्तो कदम चालेको हो।

यहाँका चिया कारखानाले यो वर्ष प्रतिकिलो ४० रुपैयाँभन्दा माथि मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको सूर्योदयका मेयर रणबहादुर राईले बताए। यो नगरपालिकामा ५२ वटा चिया कारखाना छन्।

यसअघि चिया तथा कफी विकास बोर्डले चिया मूल्यसम्बन्धी अध्ययन गरेको थियो। यद्यपि, चियापत्तीको न्यूनतम मूल्य निर्धारण हुन सकेको थिएन। न्यूनतम मूल्य निर्धारणसँगै रातारात मूल्य तल–माथि हुने समस्या समाधान हुने दाबी मेयर राईले गरे। जिल्लाका अन्य स्थानीय तहले चियामा यो प्रयास गर्न सकेका छैनन्।

उद्योग सञ्चालकले भने यो निर्णय अध्यन नै नगरी आएको प्रतिक्रिया दिएका छन्। नगरपालिकासँग ४० प्रतिशत मुना भएको चियाको मूल्य प्रतिकिलो ४० रुपैयाँ राख्ने विषयमा छलफल भएको चिया उद्योगी गोपाल कट्टेलले बताए। ४० प्रतिशत मुना नभएको चिया कारखानाले फिर्ता गर्न थाले थप समस्या आउने उद्यमीको ठम्याइ छ।

किसानले भने किसानका पक्षमा महत्वपूर्ण निर्णय भएको प्रतिक्रिया दिएका छन्। जनहित कृषि सहकारीका अध्यक्ष गोपाल भट्टराईले किसानको पक्षमा नगरपालिकाले निर्णय गरेको बताए।

इलाममा यो वर्षको सुरु सिजनमा चियापत्तीको मूल्य प्रतिकिलो ७५ रुपैयाँसम्म पुगेको थियो। पानी पर्ने सिजनको चियापत्तीको मूल्य प्रतिकिलो १५ रुपैयाँसम्म हुने गरेको छ। ठूला चिया कारखाना बसेर एकै मूल्य लागू गर्ने गरेका कारण यसअघि किसान त्यही मूल्यमा बिक्री गर्न बाध्य थिए।

नगरपालिकाको आर्थिक विकास समिति संयोजकत्वको टोलीले लामो समय अध्ययन गरेपछि न्यूनतम मूल्य निर्धारण गरिएको मेयर राईको भनाइ छ। समितिका संयोजक देवेन्द्र शर्माले किसान, उद्यमी र विज्ञबीच पटक– पटकको छलफलपछि मूल्य निर्धारण गर्न सफल भएको बताए। निर्णय कार्यान्वयनका लागि जेठ ७ गतेभित्र किसान र उद्योगीको आचारसंहिता बनाउने तयारी गरेको नगरपालिकाले जनाएको छ।

संकलकको काम गर्ने बिचौलियाले पाइरहेको प्रतिकिलो १० रुपैयाँभन्दा बढी कमिसनसमेत नियन्त्रणको प्रयास नगरपालिकाले गरिरहेको छ। किसानको हातमा पुग्नुपर्ने लाखौं रकम बिचौलियाले लिइरहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.