बिहेभोजमा भएको विवादमा बेहुलीका दाजुको हत्या

बिहेभोजमा भएको विवादमा बेहुलीका दाजुको हत्या

राजविराज  : सप्तरीको शम्भुनाथ नगरपालिकामा मंगलबार बिहान विवाहको भोजमा भएको विवादपछि हथौडा प्रहारबाट एक युवकको हत्या भएको छ ।शम्भुनाथ नगरपालिका–७ भंगहाका ३० वर्षीय अजय चौधरीको टाउकोमा गरिएको हथौडा प्रहारबाट मुत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

अजयको काकाको छोरीको विवाहमा उनको स्थानीय आनन्द चौधरीसँग विवाद भएको प्रत्यक्षदर्शीले बताए । जन्ती शम्भुनाथ नगरपालिका–५ मोहनपुर कठौनाबाट आएको थियो ।  मादक पदार्थ खाएर जिस्काएको भनी युवतीहरुले बेहुलीका दाजु बिजय र अजयलाई गुनासो गरेपछि विवाद भएको थियो ।

विवादपछि घर परिवारका सदस्यले मादक पदार्थ सेवन गरेर अद्र्धबेहोस अवस्थामा रहेका आनन्दलाई बाँधेर रातभरी नियन्त्रणमा राखेका थिए । विहानपख शौच लागेको बहाना बनाई डोरी खोल्न लगाएर निस्किएका आनन्दले  हथौडा प्रहार गरी हत्या गरेको हुन सक्ने स्थानीयको अनुमान छ । 

घटनामा संलग्न हुन सक्ने आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरले सात युवकलाई नियन्त्रणमा लिएको छ । आरोपित चौधरी भने फरार भएका छन् ।

यसअघि गत बैशाख १७ गते राति शम्भुनाथ ६ कठौना बस्ने चन्देश्वर साहको छोरा १९ वर्षीय सन्तोष साहको हत्या भएको थियो । साहको शव स्थानीय शारदा बोर्डिङ्ग स्कुलदेखि दक्षिण असर्फी साहको बाँझो खेतमा फालिएको अवस्थामा फेला परेको स्थानीय ओमप्रकाश साहले बताए ।

मृतकको टाउकोमा गम्भिर चोट लागेको थियो ।  घटनामा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जनाउँदै प्रहरी उपरिक्षक सिंहले मुख्य अभियुक्त अझै फेला नपरेको बताए । प्रहरी उपरिक्षक सिंहले दुबै घटनाको कारण र अभियुक्तहरुबारे पत्ता लागिसकेकोले मुख्य अभियुक्त चाँडै पक्राउ पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.