तराईमा अभियान : 'मोदी आउँदैछन्, जनकपुर जाअौं '

तराईमा अभियान : 'मोदी आउँदैछन्, जनकपुर जाअौं '

बर्दिबास : 'चलै चलु जनकपुर, भारतीय प्रधानमन्त्री मोदी जी बैशाख २८ गते आइब रहल छैथ,' अर्थात् (नरेन्द्र मोदी जनकपुर आउँदैछन्, उनको स्वागतका लागि सबै जनकपुर जाअौ) मैथली भाषाको वाक्य यति खेर तराईका गाउँघरमा गुञ्जी रहेको छ। यतिखेर मोदीको स्वागतका लागि जनकपुरबासी तातेका छन्। स्थानीय रेडियोमा मोदीको स्वागतमा सहभागी हुन सार्वजनिक अपिलसमेत गरिएको छ। 

आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा जनताको मास उतार्न तीब्र तयारी भइरहेको बर्दिबास नगरपालिका मेयर विदुरकुमार काकीले बताए।महोत्तरीका नगरपालिका तथा गाउँपालिकाले गाउँगाउँमा जनपरिचालनबारे छलफल गरिरहेका छन्।

राजनीतिक दल जनमास जुटाउन दौरधुपमा व्यस्त छन्। प्रदेश सरकारले सबै स्थानीय सरकारलाई जनमास जुटाउन निर्देशन दिएको छ।सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जलेश्वरमा सबै सरोकारवलालाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिएका छन्। जिल्ला समन्व समिति महोत्तरीको सभा हलमा  महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिइसकेको छ। 

मन्त्री यादवले महोत्तरीसँग जोडिएका सीमा नाकाको चेक प्वाइन्टको स्थलगत अवलोकन गरेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जनाए।'सीमा नाकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर उच्च सर्तकता अपनाइएको छ,' उनले भने।

देश संघीयतामा गइसकेपछिको भारतीय प्रधानमन्त्रीको पहिलो भ्रमणले सबैमा उल्लास छाएको  छ। धार्मिक तथा आध्यात्मिक महत्व बोकेको ऐतिहासिक जनकपुरधामको भ्रमणमा आउन लागेका मोदीको स्वागत तथा सत्कारमा गाउँगाउँको चियापसल तथा चौतारामा चर्चा भइरहेको छ।

राष्ट्रिय जनता पार्टी नेपालका महोत्तरी संयोजक रामबाबु साहका अनुसार, जलेश्वर क्षेत्र वरिपरीबाट स्थानीय सरकार तथा उत्साहित जनताहरुलाई जनकपुर लाग्न कम्तिमा ७५ वटा बस महोत्तरीको दक्षिण क्षेत्रबाट छुट्ने छ। यातायातको व्यवस्थापन प्रदेश सरकार र स्थानीय सरकारले गर्नेछन्।

नेपालको नजिकको मित्र राष्ट भारत हो। जहाँ दुई देशबीच आ-आफ्नै छुटा-छुटै सम्बन्ध छ।'प्रजातान्त्रिक देश भारतका प्रधानमन्त्री मिथिलाको पावनभूमि जनकपुरधाममा आउन लाग्नु भएको छ। यो खुशीको कुरा हो। मोदीको जनकपुर भ्रमणले दुनियाँको नजर जनकपुरमा परेको छ,जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेश सिंहले भने,' मोदीको स्वागतका लागि स्थानीय बाजागाँजा, भजनकृतन, झाँकीसहित गाउँगाउँबाट ठूलो संख्यामा स्थानीयको सहभागी हुने कार्यक्रम छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.