यौन सम्पर्क गरेको साथीलाई सुनाएपछि..

यौन सम्पर्क गरेको साथीलाई सुनाएपछि..

बर्दिबास : प्रेमिकासँग सहमतिमै यौन सम्पर्क गरेको कुरा साथीलाई सुनाएपछि महोत्तरीका एक युवा प्रहरी खोरमा पुगेका छन्। सम्सी गाउँपालिका-४ का लक्ष्मेश्वर महतो नुनियालाई एक १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले जानकारी दिए।

प्रेम सम्बन्धमा रहेका किशोरी र युवाबीच भेटघाट र बातचित यसअघि समेत हुँदै आएको थियो। वैशाख १४ गते घरका सदस्य विवाहमा गएको मौका छोपेर किशोरीले नै युवकलाई भेट्न घरमा बोलाइन्। ‘उनीहरुबीच ढेड घण्टा कुराकानी भयो। किशोरीको सहमतिमै यौन सम्पर्क राखें,’ एपसी कडायतले भने, ‘युवाले प्रेमिकासँग गरेको यौन सम्पर्क बारे साथीभाइलाई सुनाए।’ प्रहरीका अनुसार साथीभाइले यौन सम्पर्कको कुरा किशोरीका दाजुको कानमा पुर्‍याए। त्यसपछि युवा प्रहरी खोरामा पुगेका हुन्।

घटना सार्वजनिक भएपछि  बहिनीलाई युवकसँग गरेको क्रियाकलाप बारे उनका दाजुले सोधे। किशोरीले बताइनन्। त्यसपछि दाइले कुटपीट गरे। यौन सम्पर्कका कुरा गाउँमा एक कान दुई कान मैदान भयो। त्यसपछि किशोरीले आफूलाई युवकले करणी गरेको बताएपछि युवक प्रहरी खोरमा पुगेको प्रहरीले बताएको छ।

‘परिवारजनले हामी कहाँ उजुरी गरे। जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता भएपछि पीडकलाई पक्राउ गरेका हौं,’ एसपी कडायले भने, ‘सहमतिमा सहबास भयो। तर, कानुनले सहबासलाई  कानुन विपरित ठहर गरेकाले युवा पक्राउ परे।’ एसएसपी कडायतका अनुसार, वैशाख १४ गते राति युवायुवती सँगै बसेका थिए। २३ गते परिवारले उजुरी गरेपछि प्रहरीले लक्ष्मेश्वरलाई पक्राउ गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.