यसरी गरिन्छ बोसो प्रत्यारोपण

यसरी गरिन्छ बोसो प्रत्यारोपण

अनुहारको चाउरीपना वा खुकुलोपना घटाएर जवान देखाउन, फेस लिफ्ट गर्न, कुनै गहिरो खत वा दाग पुर्न, स्तनको आकार बढाउन, आँखामुनि धसिएको भागलाई भर्न, बढ्दो उमेरका कारण पातलो र सुकेको कन्चटको भाग पुर्नका लागि फिलरका रूपमा हिजोआज बोसो प्रत्यारोपण अर्थात् फ्याट ग्राफ्ट गर्ने गरिन्छ।

शरीरमा अधिक वा अनावश्यक बोसो जम्मा भएका भाग पेट, तिघ्रा आदिबाट बोसो निकालेर जुन ठाउँमा आवश्यक परेको हो, त्यही ठाउँमा भर्ने कामलाई फ्याट ग्राफ्ट भनिन्छ। शरीरबाट निकालेको बोसोलाई विशेष प्रविधिबाट झोल बनाइन्छ र इन्जेक्सनका माध्यमले प्रत्यारोपण गरिन्छ। 

बोसो झिक्ने र प्रत्यारोपण गर्ने भागमा अस्थायी एनेस्थेसिया दिने भएकाले सम्बन्धित व्यक्तिलाई बेहोश नबनाईकन फ्याट ग्राफ्ट गर्न सकिन्छ। माइनर सर्जरीमा पर्ने यस प्रविधिमा फ्याट ग्राफ्ट गराउने व्यक्ति अस्पतालमा भर्ना भएर बस्नुपर्दैन। बोसो निकालेको र प्रत्यारोपण गरेको ठाउँमा खत पनि बस्दैन। अनावश्यक थुप्रिएको बोसो निकालेर चाहिने स्थानमा भर्ने भएकाले यसबाट दोहोरो फाइदा छ। 

फ्याट ग्राफ्टको भूमिका 

छाला चाउरी पर्नुमा विभिन्न आन्तरिक परिवर्तनका छुट्टाछुट्टै भूमिका हुन्छन्। बढ्दो उमेरसँगै अनुहार र शरीरका अन्य भागको छालामा चाउरी पर्नु स्वाभाविक हो। छालाको पहिलो दुई पत्र उमेरसँगै पातलो हुँदा चाउरी देखिन्छ। तर, छालाको तेस्रो पत्र वा बोसोको तह छाला र अनुहार पोटिलो र कसिलो देखाउनमा धेरै महत्वपूर्ण हुन्छ।

अनुहारमा बोसोको छुट्टाछुट्टै खण्ड वा तह हुन्छन्, जुन बढ्दो उमेरसँगै लत्रिँदै जान्छन्। आँखामुनि गहिरो हुँदै जाने, आइब्याग बन्ने, चिउँडोमुनिको मासु झोलिने गर्छ। फ्याट ग्राफ्टबारे अध्ययन गरेका तथा तालिम प्राप्त चिकित्सकबाट प्रत्यारोपण गराउँदा अनुहार जवान देखाउन मद्दत पुग्छ। चोटपटक लागेर भएका खाडल तथा खत पुर्न सकिन्छ। बे्रस्ट इम्प्लान्ट गर्न नसक्नेहरूले आफ्नो स्तनको आकार बढाउन सक्छन्। पेटमा अनावश्यक रूपमा जमेको बोसो निकालेर महिलाले आफ्नो हिपमा प्रत्यारोपण गरेर ठूलो देखाउन सक्छन्। 

फ्याट ग्राफ्टको सट्टामा केमिकल फिलरहरू पनि उपलब्ध छन्। जसमा बोसो निकाल्नुपर्दैन। इन्जेक्सनको माध्यमबाट आवश्यक परेको ठाउँमा यस्तो फिलर लगाउन सकिन्छ। तर, फिलर महँगो पर्ने र यसबाट एलर्जी पनि हुने भएकाले यो सबैका लागि उपयुक्त हुँदैन। बोसो प्रत्यारोपण गर्दा आफ्नै शरीरको बोसो प्रयोग हुने भएकाले यो सस्तो पर्ने तथा यसबाट कुनै साइड इफेक्ट तथा एलर्जी हुँदैन। साना स्तन भएका महिला, जसले सिलिकन इम्प्लान्ट गर्न खोजेका हुन्छन्, का लागि पनि यो सस्तो र भरपर्दो विकल्प हुन सक्छ। 

छाला किन चाउरिन्छ ? 
अनुहारको छाला चाउरिन थालेपछि सुन्दरता कम हुँदै जान्छ। यो उमेरजन्य समस्या हो। छालाभित्र रहने तत्व, जसलाई 'कोलाजिन' भनिन्छ, इलास्टिक जस्तो तन्किने खालको हुन्छ। यसले छालालाई टाइट देखाउँछ। तर, बढ्दो उमेरसँगै यो तत्खव कम हुँदै जाने भएकाले छालामा चाउरी देखिन थाल्छ। आँखाको कोस र निधारको छालामा चाउरी बढी पर्ने हुन्छ। जुन भागको छाला बढी खुम्चने वा तन्कने हुन्छ, त्यही भागको छालामा बढी चाउरी पर्छ। 

चाउरी परेको छालाका लागि भिटामिन सी (एन्टी अक्सिडेन्ट ) सिरम हरेक दिन अनुहारमा लगाउनाले पनि फाइदा गर्छ। चाउरीपन सबैमा देखिने समस्या भएकाले यसलाई सामान्य रूपमा लिएर स्याहार गर्दा राम्रो हुन्छ। अनुहारलाई घाम र धुलोबाट जोगाउने र खानपानमा ध्यान दिने हो भने अनुहारको छाला चाँडै बिग्रिँदैन। 

चाउरीपन हटाउने अर्को विधि भनेको बोटक्सको इन्जेक्सन हो। चाउरी परेको भागको मसललाई निष्क्रिय पार्न यस्तो इन्जेक्सन दिइन्छ। यो इन्जेक्सन दिएपछि तीनदेखि चार महिना इन्जेक्सन लगाएको वरिपरिको मसल खुम्चिँदैन र छाला तन्किएको देखिन्छ। तर, यस प्रविधिमा खर्च बढी हुन्छ। बोटक्स लगाएको मिलेन भने आँखाको ढकनी नै बन्द नहुने स्थिति पनि आउन सक्छ। त्यसैले बोटक्स इन्जेक्सनभन्दा फ्याट ग्राफ्ट विधि अपनाएर चाउरीपन कम गर्नु राम्रो उपाय हो। 

( श्रेष्ठ धुलिखेल अस्पतालकी छाला तथा सौन्दर्य विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.