मृत भेटिए वडाअध्यक्ष, लिखु खोलामा हामफालेको आशंका

मृत भेटिए वडाअध्यक्ष, लिखु खोलामा हामफालेको आशंका

रामेछापः मंगलबार विहानदेखि हराइरहेका उमाकुण्ड गाउँपालिका–५ प्रीतीका वडाअध्यक्ष कुविर खत्री मृत अवस्थामा भेटिएका छन् । 

वेपत्ता खत्रीको बुधवार विहान वडा नम्बर ५ प्रीतीकै बसेरी चिलाउने भन्ने ठाउँमा शव भेटिएको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवारले जानकारी दिए । उनले लिखु खोलामा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।  

मृत भेटिएका वडाअध्यक्ष खत्री मंगलबार विहान ८ः३० बजे गाउँपालिका सदस्यलाई समेत बैठकमा जानु पर्छ भनी खबर गरेर घरबाट हिँडेका थिए । खत्रीको मोटरसाइकल, कोट, जुत्ता र डायरी मंगलबारै खोलाको किनारमा फेला परेको थियो । 

गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारका अनुसार वडाअध्यक्ष खत्रीको  मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिए भन्दा पाँच सय मिटर तल शव भेटिएको हो । 

मंगलबारको गाउँ कार्यपालिकाको बैठकमा अबेरसम्म नआएपछि वडाअध्यक्ष खत्रीलाई सम्पर्क गर्दा फोन उठेको थिएन । घरपरिवारमा फोन गर्दा विहानै हिँडेको जानकारी आएपछि गाउँपालिका, प्रहरी र स्थानीयहरुले उनको खोजीमा लागेका थिए । 

वडाअध्यक्ष खत्रीको शव अप्ठ्यारो ठाउँमा रहेकाले  निकाल्न समय लाग्ने गाउँपालिकाका प्रमुख शेरबहादुर सुनुवारले बताए । मृत भेटिएका खत्री नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्ष हुन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.