मोदीको भ्रमणपछि मात्र पार्टी एकता : माओवादी प्रवक्ता भुसाल

मोदीको भ्रमणपछि मात्र पार्टी एकता : माओवादी प्रवक्ता भुसाल

नगरकोट :  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको  बताएकी छन्  । 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा प्रवक्ता भुसालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण दुई पार्टीको एकीकरण प्रक्रियामा ढिलाइ भएको  बताइन् । 

पार्टी एकीकरणका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकीकरण हुने बताउँदै  उनले  पार्टी एकता संयोजन समितिले एकीकरणका लागि आवश्यक तयारी गरिरहेको  बताएकी छन् । 

अहिले नै सरकारका गतिविधिको समीक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुसालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेण्डाअनुसार काम अघि बढाएको  बताइन् । 

सरकारले तोकिएकै समयमा बजेट ल्याइसक्ने बताउँदै  उने उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको  बताइन् । कार्यक्रममा प्रवक्ता भुसालले विगतमा जस्तै नभई यो सरकारले कूटनीतिक पाटोलाई देश र समयानुकूल बनाउँदै गएको बताइन् ।रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.