मुगुमा एनआइसीको एटिएम सेवा
गमगढी : सदरमुकाम गमगढीमा एनआइसी एसिया बैंकले बुधबारदेखि पहिलो पटक एटिएम सेवा सञ्चालनमा ल्याएको छ।एक वर्षअघिबाट बैकिङ्ग सेवा सुरु गरेको एनआइसीले सदरमुकाम गमगढीको मिलन चौकमा एटिएम सेवा सुरु गरेको हो।
शाखाले यस अघिनै होटल तथा पसलमा भीसा कार्डको सेवा विस्तार गरिसकेको थियो। जिल्लामा २ हजार ७ सय ५० जना यसका ग्राहक छन भने दुई सय पचासजनाले एटिएम कार्ड लिइसकेको बैंकका शाखा प्रमुख सुवास शाहीले जानकारी दिए।
बैंकले शून्य मौज्दातमा खाता खोल्न सकिने र सुरुमा नै एटिएम कार्ड लिन चाहने ग्राहकले निशुल्क कार्ड पाउने व्यवस्था समेत गरेको छ। बैंकको यो शाखासहित देशका अन्य स्थानमा गरी एटिएम काउन्टरको संख्या २ सय छ।