'वामले अधिनायकवाद ल्याए, कांग्रेस भिड्न तयार छ'

'वामले अधिनायकवाद ल्याए, कांग्रेस भिड्न तयार छ'

पथरी, मोरङ: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देश अधिनायकवादतर्फ अघि बढेको बताएका छन् । 

सुन्दर हरैचा नगर समितिको आयोजनामा ‘परिवर्तित सन्दर्भमा नेपाली काँग्रेसको भूमिका’ विषयक बुधबार आयोजित विचार गोष्ठीमा उनले वाम गठबन्धन सरकार देशलाई अधिनायकवादतर्फ धकेल्न उन्मुख रहेको बताए । 

वाम गठबन्धनको सरकार दुईतिहाइ मत हासिल गरी संविधान परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै डा कोइरालाले कांग्रेस अधिनायकवादको मुकाबिला गर्न तत्पर रहेको उल्लेख गरे । 

फरक प्रसङ्गमा उनले पार्टीभित्र मौलाएको चरम गुटबन्दी त्यागे मात्र काँग्रेस पुरानै अवस्थामा फर्किने विचार व्यक्त गरे । रासस 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.