गुठी जग्गाको मर्म

गुठी जग्गाको मर्म

गुठी संस्थानमातहत रहेको जग्गाको प्रयोजन, स्वामित्व हस्तान्तरण, प्रयोजनको उपादेयता आदि विषय अहिले बहसको केन्द्रमा छन्। गुठीको जग्गा के हो ? त्यसको प्रयोजन कसरी हुन्छ ? त्यसको उपादेयता के हुनसक्छ भन्नेबारे अनेक कोणबाट प्रश्न र शंका उब्जनु अस्वाभाविक होइन। सँगसँगै देशैभर छरिएर रहेका गुठी जग्गाबारे पुनरावलोकन गर्नुपर्ने आवश्यकता खट्किएको छ। गुठीबारेको मान्यता स्पष्ट नहुँदा, गुठीको जग्गाको विभिन्न कारणवश अपचलन हुँदा र विविध प्रयोजनमा आएका जग्गाको आयस्ता स्पष्ट नहुँदा गुठीको भूमिका बारम्बार विवादमा पर्ने गरेको छ।

सामान्यतः गुठी जग्गाले धार्मिक, सामाजिक वा परोपकारी कर्मका लागि निरन्तर आम्दानी हुनेगरी दान गरेको जग्गा जनाउँछ। दानमा यसरी जग्गा दिने चलन सभ्यता विकासको एउटा महŒवपूर्ण पक्ष हो। विभिन्न कार्यबाट भएको आम्दानीबापत प्राप्त जग्गा निश्चित कार्यसम्पन्नका लागि दान गर्ने गरिन्थ्यो। साथै, कतिपय समुदायमा सामुदायिक कर्मका लागि आर्थिक अभावको सामना गर्न नपरोस् भन्ने हेतुले पनि गुठीको बन्दोबस्त गरिन्थ्यो। त्यसैले गुठी जग्गाको प्रयोजन सामाजिक कल्याणसँग जोडिन्छ।

२०२१ सालमा ‘गुठी संस्थान ऐन’ लागू भएसँगै देशैभर छरिएका गुठी जग्गा एउटै संस्थानमातहत ल्याइयो। यद्यपि, ती जग्गा फरक–फरक मठ, मन्दिर, पाटी, पौवा र समुदायको नाममा छन्। संस्थानका अनुसार अहिले देशका ६८ जिल्ला गरी पहाडमा ५ लाख ६१ हजार ९ सय ९० रोपनी र तराईमा ६२ हजार २ सय ५६ विगाह जमिन छ। यो ठूलो सम्पत्ति हो। जसको सही उपयोगले लाखौं आम्दानी हुन सक्छ। त्यसो त यी जग्गामा आ िश्रत जनसंख्या पनि निकै ठूलो छ। यद्यपि, गुठी जग्गाबारे यो तथ्यांक पूर्ण होइन।

गुठी जग्गालाई लिएर अहिले उठेको चिन्ताको दुइटा पक्ष छन्। पहिलो हो, जग्गाको सुरक्षा। गुठी जग्गाको अतिक्रमण र अपचलन अहिलेको सबैभन्दा पहिलो चिन्ताको विषय हो। देशैभरी नै गुठीजग्गा नियतवश व्यक्ति वा संस्थाका कब्जामा परेका छन्। काठमाडौं त्रिपुरेश्वरकै गुठी संस्थानको जग्गा आँखा अस्पताललाई दिइनु त्यसको एक उदाहरण हो। गुठी जग्गाको यस्तो असुरक्षा र अतिक्रमण सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण पनि हो। सामाजिक परोपकारमा कुनै व्यक्ति, जाति, धर्म वा लिंगको प्रभुत्व रहँदैन। निश्चित समुदायका लागि त्यो साझा सम्पत्ति हो। विभिन्न बहानामा सामुदायिक सम्पत्तिको अतिक्रमण एकातिर गुठी जग्गा दान गर्ने दाताको पवित्र इच्छामा ठेस लगाउनु हो भने अर्कोतर्पm भ्रष्टाचार पनि हो। विडम्बना, कतिपय अवस्थामा राज्यले नै गुठी संस्थानअन्तर्गतको जग्गा प्रयोगबापतको रकम तिरिरहेको छैन।

आपूmमातहत रहेको जग्गा सुरक्षाको पहिलो दायित्व गुठी संस्थान स्वंयकै हो। त्यसैले गुठीजग्गाको सुरक्षामा ऊ जिम्मेवार हुनैपर्छ। गुठी जग्गासँग जोडिएको समस्याको अर्को पक्ष हो, यसको उपादेयता। मूलतः कृषियुगमा सुरु भएको गुठीसंस्कारमा जग्गा कृषिजन्य भूमि थियो। गुठी जग्गाको कृषिजन्य उपयोगबाट प्राप्त आम्दानीको उपजबाट नै त्यससँग जोडिएको उद्देश्य पूरा गरिन्थ्यो। मन्दिरको गुठीमा रहेको खेत कमाएर वर्षेनी निश्चित आम्दानी बुझाउनु त्यसकै एक रूप हो।

अहिले कृषियुगलाई व्यापार र उद्यमले जितिसकेको छ। त्यसैले भूमिको उपयोगिता पनि परिवर्तन भइसकेको छ। गुठी जग्गालाई समय सुहाउँदो व्यावसायिक प्रयोग गर्ने वा धार्मिक, सांस्कृतिक तहमा सीमित गर्ने ? बहसको विषय हो। यसका लागि गुठी संस्थानकै तत्वाधानमा एक नीति तर्जुमा गर्न आवश्यक हुन्छ। साथसाथै उपयोगमा आएका जग्गाको आम्दानीको विवरण पनि पारदर्शी गराउनैपर्छ। लिच्छबीकालदेखि नै सुरु गुठी संस्कारको मूल उद्देश्य सामाजिक, सांस्कृतिक, परम्परागत कार्यसम्पन्नका लागि आर्थिक टेवा पुर्‍याउनु हो। त्यसको मर्मलाई नबिर्सियोस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.