महाथिर मोहम्मदको कीर्तिमान: ९२ वर्षमा बने मलेसियाका प्रधानमन्त्री
एजेन्सी: पूर्व मलेसियन प्रधानमन्त्री महाथिर मोहम्मदले देशमा भएको आम चुनावमा ऐतिहासिक जीत हासिल गरेका छन् ।
चुनाव आयोगका अनुसार महाथिरको विपक्षी गठबन्धनले चुनावमा ११५ सीटमा जित दर्ता गराएको हो । यो भनेको सरकार बनाउन आवश्यक ११२ सीट भन्दा पनि धेरै हो ।
९२ वर्षीय महाथिरले बारिसन नेशनल (बीएन) गठबन्धनलार्इ चुनावमा नमिठो पराजय चखाएका छन् । यो पार्टी पछिल्लो ६० वर्षदेखि सत्तामा थियो ।
जीतपछि पत्रकारसँग कुरा गर्दै महाथिरले भने, 'हामीले कूनै पनि किसिमको बदला लिनु छैन । हामी त कानुनको शासन लगाउन चाहन्छौँ ।'
उनले शपथ ग्रहण समारोह आउने बिहीबार आयोजित गरिने विश्वास व्यक्त गरेका छन् । यस शपथ ग्रहणका साथै महाथिर विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता पनि बन्नेछन् । शपथ ग्रहण समारोहका क्रममा बिहीबार र शुक्रवार देशमा सार्वजनिक विदाको घोषणा गरिएको छ।
परिणाम घोषणा हुना साथै पार्टीका समर्थक सडकमा उत्रेर खुशीयाली मनाइरहेका छन् । बीएन र यसको प्रमुख पार्टी, संयुक्त मलेसिया राष्ट्रिय संगठन (युएमएनओ) १९५७ मा ब्रिटेनबाट स्वतन्त्रता मिलेदेखि नै सत्तामा थियो ।
तर केही वर्षयता उसको लोकप्रियतामा भारी गिरावट देखिएको थियो । त्यही कारण यो पटकको आम चुनावमा उसलार्इ केबल ७९ सीट मात्रै मिलेको छ।
२०१३ मा भएको चुनावमा विपक्षले लोकप्रियता बढाउँदै धेरै भोट तानेको थियो । तर यो परिणाम सरकार बनाउन पर्याप्त थिए ।
यस पटक महाथिरले वर्तामान प्रधानमन्त्री नजीब रजाकविरूद्ध खुलेर अभियान चलाएका थिए र त्यसको नतिजा पनि देखिँदै पार्टीले ठुलो जित दर्ता गरेको छ।
महाथिर स्वयम् पनि एक समयमा बीएनका एक अहम नेता थिए । र उनी नजीबका राजनीतिक गुरु हुन् । तर पछि उनले पार्टीबाट अलग हुने निर्णय लिए । उनले त्यो बेला भनेका थिए 'जो पार्टी भ्रष्टाचारको समर्थन गर्छ, उसको साथमा रहनु भनेको अपमानजनक हो ।'