मोदी भ्रमण : शुक्रबार र शनिबार कसरी हुन्छ राजधानीमा सवारी व्यवस्थापन ?

मोदी भ्रमण : शुक्रबार र शनिबार कसरी हुन्छ राजधानीमा सवारी व्यवस्थापन ?

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार नेपाल आउँदै छन्। मोदीको भ्रमणका क्रममा शुक्रबार र शनिबार राजधानीका केही क्षेत्रको यातायात प्रभावित हुनेछ। मोदीलाई दिनुपर्ने सुरक्षाको सम्पूर्ण तयारी भइसकेको छ। आवश्यकता अनुसार सवारी बन्द गरेर मोदीको सवारीलाई सुरक्षित बनाउने तयारी सुरक्षा निकायले गरेका छन्। 

तेस्रो पटक नेपालको भ्रमणमा आउन लागेका मोदी यसपटक दिल्लीबाट सिधै शुक्रबार जनकपुर आउने छन्। बिहान ९ बजे मोदी जनकपुर आइपुग्ने कार्यतालिका छ। शुक्रबार जनकपुर आइपुगेका मोदी जानकी मन्दिरमा पूजापाठ  गरेर नागरिक अभिनन्दनका लागि १२ विघा मैदानमा पुग्नेछन्। नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गरेपछि मोदी त्यहाँबाट सिधै राजधानी फर्किनेछन्। त्यसपछि राजधानीको यातायात प्रभावित हुने छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी मुकुन्द मरासिनीका अनुसार राजधानीमा कम मात्र ट्राफिक जाम हुनेगरी भारतीय प्रधानमन्त्रीको सवारी व्यवस्थापनको तयारी भएको छ। ‘सवारीको समयमा छिटोभन्दा छिटो ट्राफिक खुलाउने प्रयास हुने छ’, एसपी मरासिनीले भने, ‘ट्राफिक जाम कम हुनेगरी सवारी व्यवस्थापनको तयारी भएको छ।’ 

शुक्रबारको मोदी कार्यतालिका

जनकपुरको कार्यक्रम सकेर शुक्रबार दिउँसो १ बजेपछि मोदी काठमाडौं आइपुग्ने छन्। काठमाडौं झरेपछि मोदी सिधै ह्यात होटल जानेछन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ह्यात होटल जाँदा तीनकुने, गौशला, चावहिल र बौद्धको सवारी आगमन प्रभावित हुने छ। 

दिउँसो ४ बजे मोदीलाई गार्ड अफ अनर प्रदान गर्ने कार्यम्म रहेको छ। बौद्धस्थित ह्यात होटलबाट मोदी चाबहिल, गौशला, एयरपोर्ट, तीनकुने, बानेश्वर माइतीघर, भद्रकाली हुँदै सैनिक मञ्च टुँडिखेल पुग्नेछन्। यो अवधिमा सुरक्षाको अवस्था हेरेर सडक खाली गर्ने तयारी भएको छ। चार बजे मोदी टुँडिखेल पुग्नुभन्दा एक घण्टा अघिदेखि नै यो सडक खाली हुनेछ। यो अवधिमा राजधानीको ट्राफिक केही घण्टा अस्तव्यस्त हुनेछ। 

टुँडिखेलमा गार्ड अफ अनर प्रदानपछि मोदी उपराष्ट्रपतिसँगको भेटका लागि बहादुर भवन पुग्नेछन्। उक्त समयमा जमल, दरशारमार्ग क्षेत्रको यातायात प्रभावित हुनेछ। उपराष्ट्रपतिसँगको भेटलगत्तै मोदी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नेछन्। बहादुरभवनबाट मोदी शीतल निवास पुग्दा लैनचोर, पानीपोखरी, महाराजगञ्ज क्षेत्रको सडक प्रभावित हुनेछ। 


राष्ट्रपतिसँगको भेटपछि मोदी फेरि बत्तीसपुतलीको द्वारिकाज होटलमा पुग्नेछन्। शीतल निवासबाट महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशला हुँदै द्ववारिकाज होटल पुग्ने छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अन्य नेताहरुसँग मोदीले द्ववारिकाज होटलमै भेट गर्ने कार्यतालिका रहेको छ।

शनिबारको मोदी कार्यतालिका 
भारतीय प्रधानमन्त्री मोदी भ्रमणको दोस्रो दिन शनिबार काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्न जाने कार्यक्रम रहेको छ। मोदी ह्यात होटलमा बास बस्ने भएकाले शनिबार बिहानै बोद्ध, चाबहिल, मित्रपार्क, गौशला हुँदै एयरपोर्ट र तीनकुने क्षेत्रको यातायात प्रभावित हुनेछ। मोदी मुक्तिनाथको दर्शनपछि सिधै काठमाडौं फर्किने छन्। मुक्तिनाथबाट फर्किएपछि पशुपति दर्शनको कार्यक्रम रहेकाले पुनः तीनकुने, एयरपोर्ट, गौशला र मित्रपार्क क्षेत्रको सवारी आवगमन प्रभावित हुने छ।

शनिबार दिउँसो २ बजेपछि मोदी नागरिक अभिनन्दनका लागि ह्यात होटलबाट राष्ट्रिय सभागृह पुग्नेछन्। होटलबाट सभागृह पुग्दा चाबहिल, गौशला, तीनकुने, कोटेश्वर, बानेश्वर, माइतीघर, थापाथली, पुतलीसडक र रत्नपार्क क्षेत्रमा ट्राफिक जाम हुने छ। महानगरपालिकाले राष्ट्रिय सभागृहमा नागरिक अभिनन्दन गरेपछि मोदी शनिबार साँझ स्वदेश फर्किने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.