सैनिक र लिटिल एन्जेल्सको विजयी सुरुवात

सैनिक र लिटिल एन्जेल्सको विजयी सुरुवात

भक्तपुर : आयोजक सैनिक, लिटिल एन्जेल्स र जेम्स स्कुलले बिहीबारदेखि भक्तपुरमा सुरु भएको १७ औं अन्तरस्कूल सैनिक रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्। भक्तपुरको सल्लाघारीस्थित सैनिक खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सैनिकले काठमाडौंस्थित अरुनिमा स्कुललाई ३-० गोलले पन्छाएको हो।

खेलमा निशान धानुकले खेलको २६ औं मिनेटमा पहिलो गोल गर्दै सैनिकलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफको ४८ औं मिनेट अरुनिमाका दिलीप शंकरले क्लियर गर्न लागको बल आफ्नै पोस्टभित्र छिराएपछि सैनिकको अग्रता दोब्बर भएको थियो। त्यस्तै खेलको ६० औं मिनेटमा उत्तम शाहीले अर्को गोल थप्दै आयोजक सैनिकको जीत सुनिश्चित गरेका थिए।

प्रतियोगिताको अर्को खेलमा लिटिल एञ्जेल्सले डीएभीलाई ५-१ गोलले पन्छाएको छ। विजेता लिटिल एन्जेल्सको लागि आर्यन राजभण्डारी एक्लैले पाँच गोल गरेका थिए। डीएभीको लागि आभास महर्जनले सान्त्वना एक गोल गरेका थिए। त्यस्तै जेम्सले ईपीएस स्कुललाई २-० गोलले हराएको छ। जेम्सको लागि सुकेश कुँवरले खेलको ११ औं र विशाल साउदले १८ मिनेटमा एकएक गोल गरेका थिए।

काभ्रेसहित काठमाडौं उपत्यकाका १७ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो। जसअनुसार बिहीबार भएको अर्को लिग खेलमा एलआरआई र राजन मेमोरियलले गोलरहित बराबरी खेलेर अंक बाँडेका छन्। प्रतियोगिताका सहभागी स्कुलहरुलाई चार समूहमा बाँडिएको छ। सैनिक महाविद्यालयका स्पोर्टस् इन्चार्ज रञ्जित राणाका अनुसार प्रतियोगिताका विजेताले शिल्डसँगै नगद २० र र उपविजेताले शिल्डसँगै दस हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.