ट्रयाक्टर खोलामा खस्दा दुईको मृत्यु,एक गम्भीर घाइते
रोल्पा : रोल्पामा ट्रयाक्टर खोलामा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गमम्भीर घाइते भएका छन्। सुलिचौर र खुंग्री सडक खण्डमा शुक्रबार बिहान खेलाडी चढेको बस र ट्रयाक्टर सुरुमा ठोक्किएका थिए। सुस्त गतिमा ठोक्किएका बस र ट्रयाक्टर साइड दिने क्रममा ट्रयाक्टर खोलामा खसेको प्रहरीले जनाएको छ।
सडकबाट करिव एक सय मिटर तल लुंग्री खोलामा ट्रयाक्टर खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेहरुमा सुनिल स्मृति गाउँपालिका–४ डोरवाडाका २८ वर्षीय शिववहादुर वली र सोही गाउँपालिका वाग्माका २९ वर्षीय तारा रोकामगर छन्। उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र फुयाँलले जनाए। तुलसीपुर दाङका २६ वर्षीय किरण रानाको टाउकोमा गग्भीर चोट लागेको छ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सुुलिचौरमा प्राथमिक उपचार गरी बाहिर जिल्ला रेफर गरिएको छ। सुुलिचौरबाट खुंग्री तर्पm जाँदै गरेको लु ३ प ७१५६ नम्बरको ट्रयाक्टर र ७ नम्बर प्रदेशबाट खेलाडी वोकेर रोल्पाको सदरमुकाम लिबाङ तर्पm आउँदै गरेको ना २ ख ५२५ नम्बरको बस देउखुरी खोला नजिकै साँघुरो सडकमा सुस्तगतिमा ठोक्किएको दावी गरिएको छ।
शनिबारबाट हुने सभामुुख कप खेलका लागि धनगढीबाट खेलाडी बोकेर आइरहेको हेबी गाडीलाई साइड दिन ‘व्याक’ गर्दा ब्रेक फेल भएर ट्रयाक्टर खोलामा खसेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुुलिचौरबाट प्रहरी टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक फुयाँलले बताए।