नेपालीको प्रशंसा गर्दै मोदीले भने : नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो छ

नेपालीको प्रशंसा गर्दै मोदीले भने : नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो छ

जनकपुर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको बाह्रविघा मैदानमा प्रदेश सरकारको तर्फबाट गरिएको नागरिक अभिनन्दनपछि बोल्दै नेपालीको स्वाभिमान सगरमाथाभन्दा अग्लो भएको बताएका छन्। ‘नेपालीको धर्मनिष्ठा सागरभन्दा गहिरो र स्वाभिमान सगरमाथा भन्दा अग्लो रहेको छ। हामी छिमेकीलाई तपाईँहरुको आशिर्वाद लागिरहेको छ’,मोदीले भने। 

त्यसैगरी मोदीले  मिथिला संस्कृति धेरै माथि रहेको बताएका छन्। नेपाल र भारतको मित्रताको चर्चा गर्दै उनले नेपालको विकास तीब्र गतिमा भइरहेको र त्यसमै ऊर्जा दिन आफू नेपाल आएको बताए। 

उनले नेपालले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाएको र एक वर्षमा तीन चुनाव सम्पन गरेको भन्दै नेपाल र नेपालको राजनीतिक नेतृत्वको प्रशंसा गरे।  मोदीले नेपालमा प्रान्तीय सरकार गठन हुनु ऐतिहासिक भएको समेत बताए। ‘नेपालको इतिहासमा पहिलो पटक चुनाव भएर प्रान्तीय सरकार बनेको छ’, मोदीले भने, ‘लोकतन्त्रले आफ्नो सपना र अवसर पुरा गर्न बेरोकतोक अधिकार दिन्छ।’

 
मोदीले नेपालको समृद्धि र खुसीका लागि भारतले सदैव कामना गर्ने बताए। ‘प्रधानमन्त्री ओलीको सपना पुरा गर्न सवा सय करोड हिन्दुस्तानीको तर्फबाट शुभकामना सबका साथ सबका विकास मूलमन्त्रसहित भारत अगाडि बढेको छ। यी क्षेत्रमा भइरहेको विकासको लाभ सबैभन्दा धेरै नेपालले पाउँछ’, मोदीले भने, ‘भारतका लागि मात्रै होइन, सबै छिमेकी देशका लागि यही कामना हुनेछ। नेपालले बोकेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन्छ। यो सपना पूरा हुँदै गर्दा सवा सय करोड भारतबासी पनि खुशी हुनेछन्। 

नकपुरको साँचो मोदीलाई, विकासको जिम्मा भारतको !
  नेपालबिना भारतको नाम र इतिहास दुवै अधुरो: मोदी
मोदीलाई जानकी मन्दिरमा ओलीको स्वागत


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.