मोदीलाई जानकी मन्दिरमा ओलीको स्वागत
जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरस्थित जानकी मन्दिरमा स्वागत गरेका छन् ।
ढाका टोपी र कुर्ता-पाइजामामा सजिएका ओलीले पाइजामामै आएका मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गरेका हुन् ।
ओलीले स्वागत गरेपछि मोदीले जानकी मन्दिरमा पुगेर माता जानकी र भगवान रामको पूजा गरेका छन् । पूजा गरिसकेपछि मोदीले मन्दिर परिसरको अवलकोन गरेका छन् ।
बिहान १० बजेर ४५ मिनेटमा जनकपुर विमानस्थलमा ओर्लेका मोदीलाई त्यहाँ ईश्वर पोखरेलले स्वागत गरेका थिए । मोदीलाई शुक्रबारै जकपुरस्थित बाह्रबिघा रंगभूमि मैदानमा अभिनन्दन गर्न् कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस !