सांसदले मन्त्री खोजेपछि बैठक स्थगित

प्रतिनिधि सभाको बैठकमा हाजिर गरेर मन्त्री हिँडेपछि...

प्रतिनिधि सभाको बैठकमा हाजिर गरेर मन्त्री हिँडेपछि...
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा १५ मिनेटका लागि स्थगित गरिएको छ। विनियोजन विधेयक, २०८३ को विभिन्न शीर्षकमाथिको छलफल जारी रहेका समयमा सम्बन्धित मन्त्री बैठकमा सहभागी नभएपछि बैठक स्थगित भएको हो।

बैठकमा सांसद गोपाल शर्माले संसद् नियमावलीअनुसार मन्त्रीहरू बैठकमा उपस्थित नभएको भन्दै प्रश्न उठाएपछि सभामुख डिपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगन गरेका हुन्।
 

शर्माले सम्बन्धित मन्त्रीहरु बिना मन्त्रालयको शीर्षकमा छलफल हुन नसक्ने भन्दै आपत्ति जनाएका थिए। उनले मन्त्रीहरूले संसदको अपमान गरेको दाबी गरे। प्रधानमन्त्री कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयसहित ८ मन्त्रालयलाई विनियोजन गरिएको बजेटमाथि छलफल जारी रहेको समयमा ३ जना मात्र मन्त्री उपस्थित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.