प्रतिनिधि सभा बैठक सुरू (लाइभ)
काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठकमा विनियोजन विधेयक २०८३ का विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुनेछ। आजको बैठकमा ८ वटा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि समूहकृत रुपमा छलफल हुने कार्यसूची छ।
जसमध्ये विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय,कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय,पूर्वाधार विकास मन्त्रालय,गृह मन्त्रालय,ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय,अर्थ मन्त्रालय र रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमा छलफल हुने कार्यसूचीमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !