बिख्यात आरोही पेट्रोभलाई खोज्न चिनियाँ हिमालमा नेपाली टोली

बिख्यात आरोही पेट्रोभलाई खोज्न चिनियाँ हिमालमा नेपाली टोली

बोयान पेट्रोभलाई खोज्न चीनतर्फ सिम्रिकका तीन हेलिकोप्टर 

काठमाडौँ: आठ दिनदेखि बेपता रहेका विश्व विख्यात पर्वतारोही बोयान पेट्रोभको उद्दारका लागि नेपाली टोली शुक्रबार बिहानै चीनको शिशापाङ्मा हिमालतर्फ लागेको छ । 

तिब्बततर्फ रहेको आठ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमाल चढ्ने क्रममा आठ दिनदेखि बेपत्ता भएका बुल्गेरियाका प्रख्यात आरोही पेट्रोभको खोजीका लागि शुक्रबार बिहान साढे आठ बजे सिम्रिक एयरको हाइअल्टिच्यूट लङ लाइन रेस्क्यू टोली चीनतर्फ लागेको हो । 

पेट्रोभ गत ३ मे देखि हिमालयबाट गायब भएका हुन् । नेपाली प्राइभेट एयरलाइन्सले चीनमा छिरेर उद्दार गर्न लागेको यो पहिलो घटाना हो । क्याप्टेन सिद्धार्थ गुरुङको नेतृत्वमा क्याप्टेन आनन्द थापा र सुरेन्द्र पौडेलसहितको टोली सिम्रिक एयरका तीनवटा हेलिकोप्टर लिएर पेट्रोभको खोजीमा गएका छन् । 

‘त्यसमा सिम्रिक एयरको ९एन–एएलपी र ९एन–एजेजेड हेलिकोप्टर चीन प्रवेश गर्ने छ’, सिम्रिक एयरका मार्केटिङ प्रमुख योगेश सापकोटाले भने, ‘ ९एन–एएलआर भने चीनको सिमानासम्म मात्र पुग्ने छ । ९एन–एएलआर जहाज फ्यूल व्यवस्थापनको लागि प्रयोग गरिने छ ।’

आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफलतापूर्वक आरोहण गरिसकेका प्रख्यात हिमाल आरोही बेपत्ता भएपछि उनको खोजीका नेपाली टोली चीनतर्फ गएको हो । आफ्ना नागरिक विश्वप्रख्यात हिमाल आरोही पेट्रोभ हिमाल आरोहणको क्रममा बेपत्ता भएसँगै बुल्गेरियन सरकाले उनको खोजीका लागि यो व्यवस्था मिलाएको हो 

त्यसका लागि बुल्गेरियाले चीन सरकारसँग चीन सरकारसँग आग्रह समेत गरेको थियो । चीन सरकाले पनि नेपालको समेत सहयोग लिने जानकारी गराएपछि बुल्गेरियाले नेपालबाट चीन जान चिनियाँ राजदूतमार्फत हेलिकोप्टरको रुट मिलिउने काम गरेको थियो । 

नेपालबाट चीन जाने रुट मिलेसँगै बुल्गेरियाका प्रतिनिधि बिहिबार राति नै नेपाल आएका थिए । उनीहरुले हिमाल आरोहणका क्रममा हुने दुर्घटनामा सिम्रिक एयरले गरेको उद्दारको अध्ययन गरी यो काम सुम्पिएको हो । 

१० जना पर्वतारोहीको टोलीसहित शिशापाङ्मा आरोहणका लागि हिँडेका पेट्रोभ ७५ सय मिटरको उचाईमा पुगेपछि बेपत्ता भएका थिए । सँगै गएका शेर्पा टोलीसँग बेस क्याम्पबाट छुट्टिएका पेट्रोभ क्याप्म थ्री सम्म पुगेको पुष्टि भएको मकालु एड्भेन्चर ट्राभल ग्रुपका अध्यक्ष मोहन लम्सालले बताए। 

पेट्रोभको टोली मकालु एड्भेन्चर ट्राभलबाटै गएका थिए । उनका अनुसार ‘उनी सगरमाथासम्म पुग्ने योजनाका साथ हिँडेका थिए । पहिले शिशापाङ्मा पुगेर सगरमाथ आरोहण गर्ने योजना बानाएका उनी शिशापाङ्माको ७५ सय मिटरको उचाईबाट बेपत्ता भएका हुन् । 

बेपत्ता भएपछि खोजीका लागि खटिएको शेर्पा टोलीले ६ मेका दिन उनी गायब भएको स्थान पत्ता लगाएका हुन् । उनी बेपत्ता भएको क्षेत्रबाट एउटा टेन्ट र स्लिपङ ब्याग भेट्टाइएको छ। 

खराब मैसमका काराण लामो समय त्यहाँ बस्न नसकेपछि त्यो टोली फर्किएको थियो । त्यसपछि कुनै टोली त्यहाँ पुग्न सकेको छैन । शुक्रबार गएको टोलीले त्यहाँ उनको उद्दारमा खटिने छ ।

पेट्रोभ यसअघि पनि हिमाल अरोहणका बेला बेपाता भएका थिए । उनको हप्तौँपछि उद्दार गरिएको थियो । त्यसैले यो पटक पनि उनको सकुशल उद्दार हुन सक्ने अनुमान गरिएको छ । 

‘उनी मघुमेहका रोगी पनि हुन्’, मार्केटिङ प्रमुख सापकोटाले भने, ‘उनी मधुमेहका कारण कतै बेहोस भएर ढलेको हुन सक्ने पनि हुन सक्छ ।’ त्यसैले उनलाई आवश्यक पर्ने इन्सुलिनका साथ टोली गएको छ । 

इन्सुलिन दिँदा उसको शरिमा कुनै किसिमको मुभमेन्ट भएमा जीवितै हो भनेर पत्ता लगाउन सहज हुने उनले बताएका छन् । उनको बडी भेटेर त्यसमा पनि उनलाई जीवित पाउन सक्नु नै सबैभन्दा सफल प्रयास हुने उनाले बताए । 

उनका अनुसार उद्दारका लागि चीनले सिम्रिकलाई १० तारिक देखी १३ तारिक सम्मको अनुमति दिएको छ । उक्त समय अवधिभित्र दिनमा आवश्यक परेमा चार चोटी नेपाल र चाइना गर्न पाउने उल्लेख गरिएको छ ।

यस्तो छ उद्दार रुट

उद्दारमा गएको टोली काठमाडौँबाट पहिले कोदारी पुग्नेछ । कोदारी सात हजार पाँच सय फिटको हाराहारीमा रहेकोले हेलिकोप्टर ८ हजार फिट उचाई हुँदै त्यहाँ अवतरण हुनेछ । त्यहाँबाट तातोपानीको जांगु हुँदै टोली अघि बढ्ने छ । 

तातोपानीको जांगु सात हजार पाँच सय फिटमा भए पनि टोली ९ हजार पाँच सय फिटमा हुनेछ् । त्यहाँबाट अघि बढेपछि टोली न्यालमे सेन्टर प्वाइन्टमा पुग्नेछ । 
त्यहाँ चीनबाट आएको टोलीले यताबाट गएका टोलीलाई आवश्यक सहयोग गर्नेछन् । त्यहाँ आघा घण्टाको बसाईपछि टोली उद्धारको लागि अघि बढ्ने छ । त्यहाँ नै टोलीले इन्धन अघि कति लाने नलाने भन्ने कुराको निर्धारण गर्नेछ ।

त्यहाँबाट उडेको टोली ‘एरे बेस’ मा पुग्नेछ । १४ हजार पाँच सय फिट उचाइँमा रहेको उक्त स्थानमा टोलीले फेरी इन्धन छोडर अघि बढ्ने छ । त्यहाँबाट बेस क्याम्प पुगिने छ । 

१८ सय फिट मामाथिको बेसक्याम्पमा पुगेपछि त्यहाँ फेरि आवश्यक छलफलप गरेर टोली अघि बढ्ने छ् । टोलीले क्याम्प वान बाटै खोजी गर्दै क्याम्प थ्री पुग्ने जनाएको छ । 

क्याम टु र क्याम्प थ्रीमा जान हेलिकोप्टर र टोललीलाई गायो हुने जनाइएको छ । जहाज ३० हजार फिटभन्दा माथि जान नसक्ने भएकाले त्यहाँ समस्या आउन सक्ने क्याप्टेन सुरेन्द्र पौडेलले बताए । 

उनका अनुसार क्याम्प टु को उचाइँ २४ हजार फिट रहेकाले त्यहाँ अवतरणमा समस्या आउन सक्ने देखिएको हो । उनका अनुसार क्याप टु र क्याम्प थ्रीका लागि उनीहरु शेर्पाको टोलीसँगै अघि बढ्नेछन् । सबै क्याम्पमा खोजी गर्दा पनि नभेटिए टोली त्यहाँको एउटा भिरमा केन्द्रित हुनेछ । त्यो भिरमा हावा चल्ने भएकाले त्यहाँ पनि उनको खोजी गरिने छ । सकेसम्म टोली आजै काठमाडौं फर्किने प्रयासमा हुने समेत पौडेलले बताएका छन् ।

यो पनि: बिख्यात पर्वतारोही बोयान पेट्रोभ बेपत्ता, उद्दार गर्न चीन जाँदै नेपाली टोली


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.