मनाङलाई हराउँदै पुलिस दमक गोल्डकप च्याम्पियन, नगद १३ लाख जित्यो

मनाङलाई हराउँदै पुलिस दमक गोल्डकप च्याम्पियन, नगद १३ लाख जित्यो

दमकः प्रथम दमक गोल्डकप फुटबल प्रतियागिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा बलियो प्रतिस्पर्धी मनाङ मस्र्याङदी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै पुलिसले नगद १३ लाख ११ हजार रुपैया प्राप्त गर्यो । 

अन्तिम समयमा मनाङ सम्हालिन नसक्दा उपविजेतामा सीमित भयो । उसले  ६ लाख ११ हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो । पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । 

दोस्रो हाफको सुरुमै रेजिन सुब्बाले गरेको गोलले पुलिसलाई उपाधि दिलायो । खेलको सुरुवातदेखि नै पुलिस मनाङमाथि हाबी भएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा पुलिसका अभिषेक रिजालको हेड बल पोष्टको बायाँ बार छेउबाट बाहिरिएको थियो । 

त्यस्तै ११ औँ मिनेटमा पुलिसका सुमन लामाको फ्री–किक मनाङका डिफेन्डरले मुश्किलले बचाएका थिए । ३४ औं मिनेटमा पाएको कर्नर बललाई पुलिसका रेजिन सुब्बाले प्रहार गर्न सकेनन् । 

त्यस्तै दोस्रो हाफको २३ औ मिनेटमा भिक्टोरको पासमा वान भर्सेस वानको स्थितीमा रहेका मनाङका अन्जन बिष्ट गोल गर्न चुकेका थिए । जितपछि पुलिसका प्रशिक्षक थापाले सबैले उत्कृष्ट खेल प्रर्दशन गरेकोले जित सुनिश्चित भएको बताए । 

शुक्रबार भएको खेलको म्यान अफ द म्याच पुलिसका अभिषेक रिजाल भए । उनले नगद ११ हजार प्राप्त गरे । त्यस्तै प्रतियोगिताको बेस्ट डिफेण्डर बिजेता टिम पुलिसका सन्तोष हेमरन, बेस्ट स्ट्राइकर पुलिसका रेजिन सुब्बा, बेस्ट मिडफिल्डर उपविजेता मनाङका सुजल श्रेष्ठ र उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्त थापा घोषित भए । 

उनीहरु सबैले जनही २५ हजारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्त रुपमा तीन÷तीन गोल गरेका आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी अलावाले र एपीएफका हरी कार्कीले प्राप्त गरे । 

उनीहरु तीनैजनालाई २५ हजार रुपैयाँ संयुक्त रुपमा प्रदान गरियो । सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित भए । उनले टिभिएस कम्पनीको अपाची १६० सिसिको मोटरसाइकल प्राप्त गरे । 

गोल्डकप बैशाख १९ गतेदेखि सुरु भएको थियो । दमक नगरपालिकाले आयोजना गरेको गोल्डकपमा आयोजकसहित १० टिमको सहभागिता रहेको प्रचारप्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए । उपाधि विजेता टिमलाई गोल्डकप समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरे ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.