उपभोक्ता र कर्मचारी मिलेर रकम दुरुपयोग

उपभोक्ता र कर्मचारी मिलेर रकम दुरुपयोग

जुम्ला : जुम्ला पातारासी गाउँपालिकामा जनताले तिरेको करबाट तलबभत्ता खाएका कर्मचारीले नै उपभोक्ता समितिमार्फत खुलेआम घुस माग्न थालेका छन्। उपभोक्ता समितिले पनि गाउँका योजना अनुगमन गर्न आउने सरकारी तथा गैरसरकारी कर्मचारीलाई घुसदेखि ‘भालेभोज’को व्यवस्था गर्ने गरेको पाइएको छ।

घुस माग्दा कर्मचारीलाई निरुत्साहित गर्नुको सट्टा घुससहित भालेभोज व्यवस्था गरेर जिल्लाको पातारासी गाउँपालिकामा गठित विभिन्न उपभोक्ता समितिले बदनामी गरेका छन्। पातारासी ६ को उर्थु ग्रामीण सडक मर्मत उपभोक्ता समितिले प्राविधिक तथा सबओभरसियर मानबहादुर विष्टलाई २० हजार घुस दिएको हो।

विभिन्न गाउँमा सञ्चालित योजना निरीक्षण तथा अवलोकनमा निस्किएका प्राविधिक विष्टलाई गत चैत मसान्तमा उपभोक्ता समितिको चेकमार्फत २० हजार घुस दिएको खुलासा भएको छ। सर्वोदय विकासका लागि अभियान नेपालले बिहीबार गरेको गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा कर्मचारीले गाउँमा घुस र भालेभोजको माग गरेर हैरान पारेको उपभोक्ता समितिले बताएका हुन्।

उर्थु ग्रामीण सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष पन्नबहादुर विष्टले भने, ‘गाउँमा सञ्चालित योजना निरीक्षण, मूल्यांकन तथा अवलोकनमा आउने सरकारी कर्मचारीले घुस मागेका हुन्, सोहीअनुसार पन्नबहादुरले घुस नदिए योजना निर्माण स्वीकृत नहुने बताएकाले हामी घुस दिन बाध्य भएका हौं। घुसस्वरुप चित्त बुझाउनुस् भन्दै २० हजारको चेक दिइएको मानबहादुरले बताए।

पाँच लाख लागतमा मर्मत हुने उक्त सडक मर्मतका लागि गाउँपालिकाले थप एक लाख रुपैयाँ उपलब्ध गराएपछि गत पुसमा गरिएको थियो। सडक मर्मत गरेबापत स्थानीयलाई तीन लाख ५० हजार ज्याला दिइएको छ।

योजनैपिच्छे भालेभोज

संघीयता बचाउने र समृद्ध गाउँपालिका बनाउने सपनामा जनप्रतिनिधि लागे पनि भित्रभित्रै कर्मचारी र उपभोक्ता गलत संस्कारमा लिप्त छन्। तर, कर्मचारी र उपभोक्ताको यस्तो नियतले भ्रष्टाचार तीव्र भइरहेको स्थानीय बताउँछन्।

पातारासी गाउँपालिकाकै ७ नं वडामा आएका इन्जिनियर, प्राविधिक तथा उपभोक्ता समिति मिलेर योजनाकै बजेटमा भ्रष्टाचार हुने गरेको स्थानीय गोरबहादुर रोकायले बताए। ‘खाने भए आफ्नै रुपैयाँबाट भालेभोज गर्नुपर्छ, योजनाबाट एक पैसा पनि खानु ठाडो भ्रष्टाचार हो’, उनले भने, ‘यसमा उपभोक्ता समिति पनि बढी विलासी छ।’

तर, पातारासी गाउँपालिकाका इन्जिनियर जीवन कठायतले आफ्नै रकमले भालेभोज खाने गरेको दाबी गरेका छन्। ‘हामी गाउँमा पुगेका हुँदैनौं, उपभोक्ता समितिले भाले तयार गर्छन्। यहाँका प्राविधिक इन्जिनियरको नाम बेचेर उपभोक्ता समितिले स्थानीय नागरिकलाई ठगेका हुन्’, उनले भने, ‘हामीले भाले चाहियो भनेर कतै कहिले भन्दैनौं। तर, उपभोक्ता समितिले आफैं भालेभोज गर्छन्, पछि प्राविधिक आउँदा भाले खुवायौं, स्वागत गर्यौं  भनेर गलत बोल्छन्। हामीले व्यक्तिगत पैसामा खाएका हौं।’ यसरी गाउँ गाउँमा भइरहेको भालेभोजबाट के÷कति रकम खर्च भयो भन्ने विवरण भने भेटिएको छैन, तर भालेभोज मौलाउँदै गइरहेको छ।

गाउँपालिका कर्मचारीबाटै भएको क्रियाकलापप्रति गाउँपालिका गम्भीर भएको अध्यक्ष लछिमन बोहोराले बताए। उनका अनुसार घुस खाने कर्मचारीमाथि छानबिन गरी कारवाही प्रक्रिया बघि बढाइनेछ। प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाका अनुसार घुस खाने प्राविधिक मानबहादुर विष्ट अहिले कार्यालयको कामको सिलसिलामा सुर्खेत छन्। उनी जिल्ला फर्किएलगत्तै घुस खाए÷नखाएको विषयमा छलफल हुनेछ। प्राविधिक विष्टले उपभोक्ता समितिमार्फत आफूले २० हजार रुपैयाँ लिएको स्वीकारेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.