भिरबाट लडेर एकको मृत्यु, एक घाइते

भिरबाट लडेर एकको मृत्यु, एक घाइते

गमगढी :  जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका -६ बन्जायामा शुक्रबार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।

 सोरु गाउँपालिका–६ जिमा गाउँका ३५ वर्षीय कर्णबहादुर लावड सोरुकोटबाट जिमातर्फ फर्कदैं गर्दा मोडधारा भन्ने स्थानमा भिरबाट १ सय २० मिटर तल खस्दा घटना स्थलमा नै मृत्यु भएको हो ।

मृतक लावडसँगै आएका काला लावड भिरबाट खसेपनि बाँच्न सफल भएका छन । मृतक लावड  घरबाट चामल किन्न सोरुकोट गएका थिए  भने काला फोतु गाउँबाट फर्किएका थिए । भिरबाट खस्दा कर्णको घटनास्थलमा मृत्यु भएको र काला गम्भीर घाइते भएको काला लावडका काका प्रेम लावडले जानकारी दिए ।

 मृतक लावडको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने गम्भीर घाइते भएका काला लावडको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमकिरण बोगटीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.