टेको

टेको

तँ नाथे एउटा टेको न होस्

तैंले बोक्नुुपर्छ सकीनसकी पिठ्यूँमा

पुुरातन इतिहास

र जीर्ण धरोहरहरू

तैंले नै बोक्नुुपर्छ ढल्न लागेका घरहरू

तैंले ठाडो हिँडाइस् चिप्लेकीरालाई

तैंले ठाडो उभ्याइस् विषालुु सर्पलाई

तँलाई नै टेकेर हिँड्छ घाम

तँलाई नै टेकेर हाँस्छन् उचाइहरू

तँ नाथे एउटा टेको न होस्

तेरो अस्तित्व भन्नुु

त्यही लौरो हो

जुुन खोला तरेपछि बिर्सिन्छन्

तँ मक्किएर जाने होसजनताको ढाडजस्तै

तँ मेटिएर जाने होसबालुुवाको अक्षरजस्तै

तेरो कुुनै इतिहास हुुँदैन

तेरो आफ्नो जीवन छैन

तँ यस्तो मसी होसजो आफ्नो पहिचान गुुमाएर

अरूको इतिहासलाई आकार दिन्छस

तँ हरदम गाउँछस् अरूको गीत

तर, कसैले सुुन्दैन तेरो दर्दनाक रीत

तँ नाथे एउटा टेको न होस्

तैंले आफ्नो रगत चुुसाएर

मेटाइस् यो देशको तिर्खा

तैंले नै बोकिस् लोकतन्त्रको खाँबो

तैंले नै दिइस् गणतन्त्रलाई भरोसा

तँलाई टेकेर उभिन्छन् नवीनतम् दरबारहरू

तँलाई नै टेकेर हिँड्छ यो जुुलुुमी व्यवस्था

तैंले नै बोकिस् क्रान्तिलाई यहाँसम्म

तर, तँलाई छोडेर अन्तै बरालियोे क्रान्ति

तँ थिइनस् त

यहाँ केही हुुने थिएन सग्लो

तँ थिइन्स् त

यहाँ कोही हुुने थिएन अग्लो

रातभरि बस्छस् जागाराम

र बोक्नुु नित्य कर्म भन्दै बोकिरहन्छस्

बोक्दाबोक्दै फुुस्कियोस् कि तेरो ढाड ?

मौन बस्दाबस्दै फ्रिज होस् कि तेरो जिब्रो ?

हेर्दाहेर्दै गुुच्चा बनून् कि तेरा आँखा ?

मतलब भएन कसैलाई

तँ नाथे एउटा टेको न होस

तेरो कुुनै इतिहास हुुँदैन

तँ मक्किएर जाने होस्

तैंले लाखौं कोसिस गरे पनि

एक दिन अवश्य ढल्नेछनमिति नाघेका धरोहरहरू ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.