गाँजाभाङ खेती गरे पनि जेल

गाँजाभाङ खेती गरे पनि जेल

 काठमाडाैं ः लागुऔषध मानिएका गाँजा, भाङ, धतुुरो र चरेस खेती गर्नेलाई जेलसमेत हाल्ने गरी नयाँ नीति तथा योजना ल्याउने भएको छ। गृहमन्त्री रामबहादुुर थापाले लागुऔषध नियन्त्रण गर्न आवश्यक नीति तथा योजना बनाउन मन्त्रालय प्रशासनलाई निर्देशन दिएपछि यसको गृहकार्य थालिएको हो। मन्त्रालयका प्रवक्ता रामकृष्ण सुुवेदीले अब गाँजा, चरेस, भाङ र धतुुरो खेती गर्नेलाई जेल नै हाल्ने आवश्यक नीति बनाइने बताए। उनले भने, ‘लागुुऔषध उत्पादन गर्ने जोसुुकै भए पनि पक्राउ गरी जेल हाली कारवाही गरिनेछ।’

गृहका अनुुसार लागुऔषध ओसारपसार एवं कारोबार नियन्त्रण कानुन कार्यान्वयनका एकाइ क्रियाशील रहे पनि संगठित र सक्रिय अन्तर्राष्ट्रिय गिरोहका सञ्जालले गर्दा नियन्त्रणमा धेरै चुनौती छन्। लागुऔषध नियन्त्रण ऐन २०३३ अनुुसार लागुऔषध प्रयोग, बिक्री वितरण, ओसारपसार अपराध हो। अहिलेसम्म लागुपदार्थ उत्पादनका निम्ति गरिएका खेती मात्र नष्ट गर्ने प्रचलन थियो। ‘अब भने त्यस्तो खेती नष्ट गर्नुका साथै खेती गर्नेलाई पक्राउ गरी जेल हाल्ने र जरिवाना गर्ने गरी छिट्टै आवश्यक नीतिनियम ल्याउने छौं’, उनले भने।

 सरकारले मदिराजन्य पदार्थ वितरण र सेवनमा समेत कडाई गर्ने गरी कानुन निर्माण गर्ने भएको हो।

प्रवक्ता सुुवेदीले लागुऔषध खेती र ओसारपसार नियन्त्रण गर्नुका साथै मदिराजन्य पदार्थसमेत नियन्त्रण गर्ने नीति तथा योजना कार्यान्वयन गरिने बताए। सुुरुमा घरेलुु मदिरा निरुत्साहित गरिने र विस्तारै सबैखाले मदिरा बिक्री वितरणमा कडाइ गर्ने कार्यक्रम बनाइने उनले जानकारी दिए। मदिराको प्रयोगले परिवार बिखण्डन, स्वास्थ्यमा खराब असर पर्ने र उपचारमा समेत अनावश्यक र अतिरिक्त रकम खर्चनु पर्ने भएकाले मदिराजन्य पदार्थ वितरण र सेवनमा कडाइ गर्ने कानुन ल्याउने जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.