मुस्ताङको हीरा ‘भोटे पीपल’

मुस्ताङको हीरा ‘भोटे पीपल’

लोमान्थाङ ः हरियालीबिनाको उजाड मरुभूमिले ढाकेको मुस्ताङमा भोटे पीपल हीराजस्तै बहुमूल्य बनेको छ। उपल्लो मुस्ताङमा रूख र हरियालीका नाममा भोटे पीपल मात्र पाइने भएकाले यसको महत्वबढी भएको हो।

दाउरा, काठ र चौपायाका लागि घाँस दिनसमेत भोटे पीपल राम्रो विकल्प हो। उजाड भूमिलाई हरियाली बनाउन स्थानीयले समेत पीपल रोप्न थालेपछि वनक्षेत्र बढेको छ। यहाँ अन्य बोटबिरुवा उम्रिँदैनन्। केही वर्ष अघिसम्म यहाँ वन क्षेत्र ३ दशमलव २४ प्रतिशत थियो। तर पछिल्लो समय वनक्षेत्र बढेर पाँच प्रतिशत पुगेको छ। तथ्यांक हेर्दा ७७ मध्ये मुस्ताङ कम हरियाली भएको जिल्ला हो।

सात हजार उचाइ क्षेत्रसम्म ओगटेको मुस्ताङलाई हरियालीयुक्त बनाउन राज्यले प्रभावकारी पहल गर्न सकेको छैन। यहाँ सिँचाइ सम्भव नहँुदा वृक्षरोपण पनि सम्भव नहुने भएकाले वनक्षेत्र बढाउन समस्या भएको जिल्ला वन कार्यालयको भनाइ छ। यहाँको अधिकांश वनक्षेत्र तल्लो मुस्ताङमा सीमित छ।

जोमसोम–कागबेनीभन्दा माथिल्लो क्षेत्रमा हरियो देख्न पाइँदैन। उच्च क्षेत्रको चिसो सहेर पनि हुर्किन सक्ने क्षमता भएकाले भोटे पीपल मुस्ताङवासीको जीविकोपार्जनसँग समेत प्रत्यक्ष जोडिएको छ। यो पीपल करिब चार हजार पाँच सय मिटरसम्मको उचाइमा समेत हुर्किन्छ। सुक्खा क्षेत्रमा सातामा दुईपटक सिँचाइ गरेर भए पनि पीपल हुर्काएको लोमान्थाङका स्थानीय टासी गुरुङले बताए।

काठ बिक्री गरेर आम्दानी गर्नेदेखि चौपाया पाल्नेसम्म पीपलकै भरमा रहेकाले मुस्ताङमा भोटे पीपल हीराभन्दा बहुमूल्य भएको उनको भनाइ छ। यो पीपल आयस्रोतको मुख्य माध्यम हो, सात हजार क्युफिटसम्ममा खरिदबिक्री हुने पीपलले मुस्ताङवासीको जीवन धानेको छ।

भोटेपीपल माथिल्लो मुस्ताङका लागि एक मात्र वन पैदावारको विकल्प रहेको जिल्ला वन अधिकृत यमनाथ पोखरेलले बताए। छिटो बढ्ने भएकाले १० वर्षमा काटिसक्नुपर्ने उनले बताए। त्यसपछि पनि काटेको स्थानमा पलाउने गर्छ र त्यो पनि सात वर्षमा काट्ने मिल्छ। चार हजार पाँच सय मिटरसम्ममा हुने भोटे पीपल माथिल्लो मुस्ताङका लागि एक मात्र वन पैदावारको विकल्प रहेकोे उनको भनाइ छ।

पीपल आयस्रोतको मुख्य माध्यम हो, सात हजार क्युफिटसम्ममा खरिदबिक्री हुने पीपलले मुस्ताङवासीको जीवन धानेको छ।

शीतोष्ण वागवानी केन्द्र मार्फाको रिपोर्टअनुसार २० वर्षयता मुस्ताङमा दुई डिग्री तापक्रम बढेको छ। यसले पनि वन क्षेत्रको विकासमा असर परेको हो। हिमाल क्षेत्र बढी रहेकाले मौसम परिर्वतनको असर हिमाली जिल्लामा बढी पर्नु नै मुख्य समस्या भएको क्षेत्रीय वन निर्देशनालय पोखराका उपसचिव माधव बरालले बताए। यो पीपलको हाँगो काटेर पानीमा राख्ने हो भने त्यसलाई रोप्न पनि सकिन्छ।

स्थानीयले चौपायालाई घाँस खुवाउन समेत पीपल प्रयोग गर्दै आएका छन्। याक, नाक, झोपा, चौरी, घोडा, खच्चड, गधा, भेडा, च्यांग्राको जीवन निर्वाह पनि यसबाटै हुने गरेको छ। माथिल्लो मुस्ताङमा भोटे, गुरुङ, विष्ट र ठकुरी, थकाली र दलित जातिको बसोवास छ। नेपालको कुल क्षेत्रफलको २ दशमलव ४२ प्रतिशत ओगटेको मुस्ताङको तीन सय ५६.२१ वर्गकिमि क्षेत्रफल छ। तापक्रम अधिकतम २६ देखिन्यूनतम माइनस ९ डिग्री सेल्सियससम्म पुग्ने गरेकाले नयाँ अध्ययन र अनुसन्धान गरी वैकल्पिक व्यवस्थाका लागि चासो दिन उपल्लो मुस्ताङवासीको माग छ। घरपझोङ र बाह्रगाउँ मुक्तिक्षेत्रबाहेकका थासाङ, दालोमे, लोमन्थाङ गाउँपालिका उपल्लो क्षेत्रमा पर्ने भएकाले यहाँ वनक्षेत्र शून्य छ।

यहाँको हावापानी शीतोष्ण खालको हुने भएकाले तल्लो भेगतिर मि िश्रत कोणधारी वनस्पति धूपी सल्लो पाइन्छ। माथिल्लो क्षेत्रमा भने भोटे पीपल र बैंस (काँडेदार बुट्यान) मात्र हुने गर्छ। मुस्ताङको तल्लो क्षेत्रमा सल्लो, धूपी, भोजपत्र, लालीगुराँस, काँडेदार बुट्यान र घाँस पनि पाइन्छ। वनक्षेत्र कम भए पनि गैरकाष्ठ वन पैदावारमा मुस्ताङ अग्रणी छ। महŒवपूर्ण जडिबुटी यार्सागुम्बा, पाँचआंैले, निरमसी, सतुवा, चिची, तोरा, चुत्रो, कुट्की, कुठ, भोजा, जमानो, हारा, सोमलता, चुल्ठे अमिलो, कुरिलो, घोराङमार्चा आदि यहाँ पाइन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.