सिजनको पहिलो सगरमाथा आरोहण

सिजनको पहिलो सगरमाथा आरोहण

काठमाडौं : आठजना गाइडले एकै साथ वसन्त ऋतुको पहिलो सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । आरोहीलाई चुचुरो पुर्‍याउन बाटो निर्माणमा खटिएका दक्ष गाइड पासाङ तेन्जिङ शेर्पा, पासदावा शेर्पा, लाक्पाडेन्डी शेर्पा, जेन्जेन लामा, सिद्धिबहादुर तामाङ, पेम्वाछिरी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा र डाटुक भोटेको समूहले सामूहिक रूपमा बाटो निर्माण गरी आइतबार अपराह्न ३:३० बजे चुचुरो चुमेको हो ।

हिमालयन गाइड नेपाल ट्रेकबाट खटिएका गाइडहरूले आइतबार हिलारी स्टेप भन्दा मुनीदेखि बाटो निर्माण गरी चुचुरो पुगेको कम्पनीका प्रमुख ईश्वरी पौडेलले जानकारी दिए । ‘यस वर्ष बाटो बनाउने जिम्मा हामीले पाएका छौं । आठ जना दक्ष गाइडहरूले दुई सातादेखि लगातार प्रयास गरी बाटो निर्माण गरी आइतबार अपराह्न सगरमाथाको सफल आरोहण गरेको स्यटलाइट फोनबाट खबर प्राप्त गरेका छौं’, पौडेलले भने ।

वसन्त ऋतुकै यो पहिलो आरोहण हो । यस वर्ष २० नेपालीसहित तीन सय ४६ जनाले सगरमाथाको आरोहणका लागि अनुमति लिएका छन् । केही दिन अघिसम्म मौसम खराब भए पनि आइतबार हावा कम चलेकाले मौसम राम्रो रहेको चुचुरो पुगेका संखुवासभाका आरोही गाइड जेनजेन लामाले कम्पनीलाई बताएका थिए ।

यस वर्ष होचा तथा अग्ला गरी २८ वटा हिमालमा एक सय चारवटा अरोहण दलका आठ सय ३८ जना आरोहीले सरकारसँग आरोहण अनुमति लिएका छन् ।

गत वर्षको वसन्त ऋतुमा चार सय ४५ जनाले सगरमाथाको आरोहण गरेका थिए । एक सय ९० जना विदेशी र दुई सय ५५ जना नेपालीले सफलतापूर्वक आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

यता सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणका लागि गएका आरोहीको सहयोगका लागि सरकारले खटाएको ५१ जना सम्पर्क अधिकृत आधारशिविर पुगेका छैनन् । आरोहीलाई सहयोगदेखि आवश्यक गैरकानुनी कामको रेखदेख गर्ने जिम्मा लिएर पुगेको सरकारी प्रतिनिधि नपुगेको भन्दै आरोहण दलले आपत्ति जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.