प्रदूषण र जाम रोक्न ‘साना सवारी’ बाधक

प्रदूषण र जाम रोक्न ‘साना सवारी’ बाधक

काठमाडौं : वायू प्रदूषणको मुख्य कारक सडक जाम भएकाले सार्वजनिक सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्न वातावरणविद्हरूले सरकारलाई सुझाव दिएका छन् ।

उनीहरूले सडकको क्षमता भन्दा बढी साना सवारी आयात हुँदा जाम र प्रदूषण बढेका भन्दै नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिएका हुन् ।

सडकमा ३० सिट भन्दा साना गाडीलाई सार्वजनिक सवारीमा दर्ता नदिए सडक जाम कम हुने र वायूप्रदूषण कम गर्न सहयोग पुग्ने वातावरणविद् डा.राजु अधिकारीले बताए ।

‘जाम हुँदा गुड्न नपाए पनि इन्धन खपत भइ सवारी चालु भइरहन्छ । घण्टांैसम्म काठमाडौंका सडकमा यो अवस्था रहन्छ’, सवारी व्यवस्थापन चुनौती रहेको बताउँदै अधिकारीले अन्नपूर्णसँग भने, ‘पाँच सिटको गाडीमा एक जना यात्रु मात्रै सवार हुन्छन् । साना सवारीका कारण सडकको लम्बाइसमेत घटेको छ । जाम बढेको छ’, उनले भने ।

वातावरण हेपिएको विषय बनेको औंल्याउँदै उनले थपे, ‘३÷३ सेकेण्डमा श्वास लिनु पर्छ । रगतमा पुग्ने श्वासमा विस घुलिएको छ।’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा सडकको लम्बाइ भन्दा धेरै गुणा बढी सवारीसाधन भएकाले जाम बढ्ने गरेको बताए ।
सवारीसाधन आयात कानुनी रुपमै नियन्त्रण गरी व्यवस्थापन गर्नुको विकल्प छैन खनालको सुझाव थियो ।

सडकको क्षमता र अवस्था अनुसार सवारी व्यवस्थापन हुन नसकेको भनाइ उनको छ । ‘ट्राफिक प्रहरीले मात्र जाम व्यवस्थापन गर्न सक्दैन । धुवाँधुलोले जाममा एक सेकेन्ड पनि यात्रुबस्न सक्दैनन्’, खनालले नियन्त्रणमा पहल पहल थाल्न वातावरण मन्त्रालयलाई अनुरोध गर्दै भने ।

साना सवारी सडकमा मर्मतसमेत नगरी गुडाउँदा प्रदूषण बढाएको उनले बताए ।

सरकारले टेम्पो, ट्याक्सी, माइक्रो, मिनीबसलगायत लाखौं सवारीलाई सार्वजनिक यातायातका रूपमा सञ्चालन अनुमति दिएको छ । यातयात व्यवस्था विभागमा दर्ता भएका ३० लाख सवारीसाधनमध्ये १२ लाख उपत्यकामा मात्रै गुड्छन् ।

३० सिट क्षमता भन्दा ठूला सवारीलाई मात्र सार्वजनिक यातायातका रूपमा यात्रु बोक्न दिने हो भने यात्रुको चाप कम हुने र सडकको क्षमता अनुसार गाडीको लम्बाइ कम भएर जाम कम हुने कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बताए ।

‘सडक जामले घण्टौं समय सडकमै बिताउनु पर्ने बाध्यता छ यसले दैनिक जीवनलाई समेत प्रभावित पारेको छ । ध्वनी प्रदूषण मात्र नभएर वायू प्रदूषणको कारण पनि मुख्य होे । जामले सडक मर्मतलाई समेत वाधा पुर्‍याएको छ । उनले वन तथा वातावरणमन्त्रीलाई सुझाव दिँदै भने, ‘तत्काल सडक अनुसार सवारी व्यवस्थापन गर्नु पर्छ, नत्र स्थिति अझै भयावह हुन जान्छ ।’

वायू प्रदूषणमा ३८ प्रतिशत योगदान सवारीसाधनबाट उत्पन्न हुने धुवाँको रहेको तथ्य छ ।

सूर्यविनायक नगरपालिका उपमेयर जुना बस्नेतले सार्वजनिक यातायातका साधानले प्रदूषण फैलाउन नपाउने कानुन ल्याउनु पर्नेमा सुझाव दिइन्।

‘नेपालमा गाडी बिक्री गर्ने कम्पनीले पुरस्कार पाउँदै आएको छन् । वार्षिक एक सय २५ खर्बको इन्धन खरिद गरेको छ’, बस्नेतले भनिन्, ‘सवारी बिक्री कम्पनीले बम्पर उपहार राख्न छाडेका छैनन । अब सरकार चुप लागेर बस्ने हो भने भयावह अवस्था आउँछ ।’

इसिमोडका वातावरणविद् अरनिको पाण्डेले आयतमा विद्युतीय सवारीलाई मात्र प्राथमिकता दिनुपर्ने बताउँदै सरकारका मन्त्री र सचिवले विद्युतीय गाडी खरिद गर्नुपर्नेमा जोड दिए । ‘आफूले श्वास फेर्ने वायूमण्डलको संरक्षण आफंैले गर्नुपर्छ’, उनले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.