स्थानीयको अगुवाईमा बन्ने भो काष्ठमण्डप

स्थानीयको अगुवाईमा बन्ने भो काष्ठमण्डप

काठमाडौँ: ऐतिहासिक र परातात्विक महत्व बोकेको काष्ठमण्डप भत्किएको तीन वर्षपछि निर्माण सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले सोमबार क्षमा पूजा गरेर काठमण्डपको निर्माणको सुरुवात गरेका हुन् । २०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले काष्ठमण्डप भत्काएको थियो ।

स्थानीय सहयोग समितिमार्फत निर्माणको काम सुरुवात भएको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख उदय पसखल (श्रेष्ठ) ले जानकारी दिए । ‘क्षमा पूजा गरेर प्रारम्भिक कामको सुरुवात भएको छ’, पसखलले भने,‘स्थानीय सहयोग समितिले निर्माण अभियान चालेर काम सुरुवात गरेको छ, हामीले त सहयोग मात्र गरेको छौं।’

भत्किएको लामो समयसम्म सरकारले चासो नदिएपछि स्थानीयबासीले काष्ठमण्डप पुन:र्निर्माण अभियान थालेका थिए । सम्पदा निर्माण अभियन्ता वीरेन्द्रभक्त श्रेष्ठ नेतृत्वको टोलीले पुननिर्माण अभियान थालेको हो ।

निर्माण प्रारम्भ गर्न आयोजित समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख युवराज भुसाल,संस्कृतिविद् सत्यमोहन  जोशी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्य, महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइराला, प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा लगायतको उपस्थिति थियो । काठमाडौं महानगरपालिका र पुरातत्व विभागले स्थानीयको सहकार्यमा निर्माण थालेको हो ।

पसखल (श्रेष्ठ) ले प्यागोडा शैलीमा काष्ठमण्डप निर्माण हुन गइरहेको बताए । काष्ठमण्डपको पुरातत्व विभागको १९ करोडको अनुमानित लागतमा निर्माण थालिएको छ । ‘पुरातत्वको दररेट १९ करोड हो तर स्थानीय बनाउँदा त्यती खर्च लाग्दैन ।’ पसखल (श्रेष्ठ) भन्छन् । उनले पुरानै शैलीमा काठैकाठले बन्ने काष्ठमण्डप तीन तले हुने बताए । ‘यो पुरातात्विक ढंगले नै बन्छ, तीन तले हुन्छ,’उनले भने ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख पसखल (श्रेष्ठ) का अनुसार पौराणिकका काठमाडौं आउँदा बास बस्ने ठाउँ हो काष्ठमण्डप । त्यहाँ भारत र तिब्बतबाट आएका व्यापारी आएर बस्ने गर्थे । काष्ठमण्डपको ७ सय वर्ष पहिला निर्माण भएका हो । उनले समयसमय जिर्णोधार भने भइरहेको जानकारी दिए ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख पसखल (श्रेष्ठ) ले निर्माण कार्य निरन्तर भएका २ वर्षभित्र पूरा हुने बताए । ‘केही अवरोध भएन भने २ वर्ष बन्छ,’ उनले भने ।संस्कृतिविद् सत्यमोहन  जोशीले काष्ठमण्डप पूरानै शैलीमा बन्ने विश्वास व्यक्त गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.