अब कर्मचारीको उमेरहद ५८ वर्ष

अब कर्मचारीको उमेरहद ५८ वर्ष

सङ्घीय निजामती सेवा ऐनको मस्यादामा पुनरावलोकन 

कााठमाडौँः अघिल्लो सरकारले तयार पारेको सङ्घीय निजामती सेवा ऐनको विधेयकलाई वर्तमान सरकारले पुनरावलोकन गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस अघि तयार पारेको सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा व्यापक परिवर्तन सहित पुनरावलोकन कार्य थालेको हो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा तत्कालीन सामान्य प्रशासन मन्त्रालयले तयार पारेको सङ्घीय निजामती सेवा ऐनको विधेयकमा निजामती कर्मचारीको अनिवार्य उमेरहद ५८ वर्ष वाट बढाएर ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो । तर अहिले पुनरावलोकनको क्रममा ६० वर्ष उमेर हदको प्रस्तावलाई हटाएर ५८ वर्ष नै यथावत् राखिने भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले कर्मचारीको उमेरहद बढाउन नहुने भन्दै मन्त्रालयका अधिकारीहरूलाई सोही अनुसार प्रस्तावित विधेयकमा पुनरावलोकनको कार्य थाल्न मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले सङ्घीय निजामती सेवा ऐनको प्रस्तावित मस्यौदामा व्यापक रूपमा पुनरावलोकन जरुरी रहेको बताए ।

सरकारी सेवामा नयाँ जनशक्तिलाई ल्याउनु पर्ने भएकाले उमेर हद बढाउनु पर्छ भन्ने मान्यतामा आफू नरहेको मन्त्री पण्डितले जानकारी दिए । ‘विज्ञहरू सँग आवश्यक छलफल थालेको छु, छलफल पछि यसमा टुङ्गोमा पुगिने छ । ’मन्त्री पण्डितले भने । मन्त्री पण्डितले कर्मचारीको उमेरहद ५८ वर्षमा नै यथावत् राखिने भए पनि काविल अनुभवी, इमान्दार र मुलुकलाई बढी आवश्यक बोध हुन सक्ने खालका कर्मचारीको हकमा भने दुई तीन वर्ष सम्म उमेर अवधि थप्न सकिने बताए । 

यसअघि पनि सरकारका मुख्य सचिव र सचिवहरूको उमेर हद सरकारले आवश्यक ठानेमा केही वर्ष थप्न सक्ने प्रावधान थियो तर दोस्रो जनआन्दोलन पछि त्यो व्यवस्था हटाइएको थियो । 

‘अत्यधिक राम्रो काम गरेको र उसको विज्ञता, दक्षता र इमान्दारीता मुलुकको लागि अझै केही वर्ष आवश्यक छ भन्ने सरकारलाई लाग्यो भने त्यस्ता कर्मचारीको उमेरहद थप्ने व्यवस्था गर्न सकिन्छ’, मन्त्री पण्डितले भने । 

लोकसेवा आयोग र सरकारद्वारा विभिन्न समयमा गठित प्रशासन पुनर्संरचना समितिहरूले भने सरकारलाई निजामती कर्मचारीको उमेर हद ५८ वर्ष बाट बढाएर ६० वर्ष पु¥याउन पटक पटक प्रस्ताव गर्दै आएका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले पनि अहिलेको परिवर्तित समय अनुसार प्रविधिमैत्री र युवा जनशक्ति भित्राउन पनि कर्मचारीको उमेर हद ५८ वर्ष नै यथावत् राख्नुपर्ने आवश्यकता रहेको बताए । सम्भवतः प्रस्तावित सङ्घीय निजामती सेवा ऐनको मस्यौदामा रहेको ६० वर्षलाई हटाएर ५८ वर्षमा नै यथावत् राखिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव अधिकारीले जानकारी दिए ।

यसैगरस् सङ्घीय निजामती ऐनको मस्यौदामा सरकारको सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाको लागि व्यवस्था गरिएको कूल सिटको १० प्रतिशत सिटलाई यथावत् राखिने भएको छ । 

यसअघिको प्रस्तावमा सहसचिव र उपसचिवमा खुला प्रतिशतलाई हटाएर आन्तरिक प्रतिस्पर्धाका आधारमा मात्रै बढुवा हुने प्रस्ताव गरिएको थियो । सामान्य प्रशासन मन्त्री पण्डितले सहसचिव र उपसचिवमा खुलाबाट प्रतिस्पर्धा गरेर आउने बाटोलाई यथावत् राखिने र यसलाई १० प्रतिशत वाट बढाएर अझै १५ प्रतिशत बनाइने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.