ओलीको राष्ट्रवादमा गगनको शंका

ओलीको राष्ट्रवादमा गगनको शंका

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद नांगिएको दाबी गर्दै देख्नेलाई लाज लाग्ने चरणको पुगेको टिप्पणी गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण बारे संसद्मा सोमबार आफ्नो धारणा राख्दै कांग्रेस नेता थापाले स्वघोषित राष्ट्रवादी सरकारले मोदीको स्वागतमा अनावश्यक चाकडी गरेको आरोप लगाए।

कांग्रेस नेता थापाले भने, ‘निर्वाचनका बेला ओलीजी राष्ट्रवादको जिम्मा मैले मात्रै लिएको छु भन्ने दाबी गर्नु हुन्थ्यो। अन्य पार्टी र नेता नेपाल बेच्न उद्धत छन् भन्दै आरोप लगाउनु हुन्थ्यो। हिजो अरूलाई कुरीकुरी गर्ने तपाई आज नाङगै हिड्नु भएको हामीले देखाउनु परेको छ।’

आगामी दिनमा भारतले नाकाबन्दी लगाउँदैन भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि उनले आक्रोश पोख्दै भने, ‘तपाईले भारतको जिम्मा लिएर बोलिरहँदा प्रधानमन्त्रीको ‘घुँडामा भ्वाङ पर्यो भनेर सोध्न पाउने कि नपाउने ? ’ विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहालको भ्रमणलाई सिंगडा खाँदै घुडा टेक्दै लम्पसार पर्न भारततर्फ लागेको तपाईको आरोपलाई स्मरण गर्ने की नगर्ने ? ’

‘एमाले युवाले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारदवाद हो ? यो कस्तो चाकडी हो ? ओलीसँग थापाको प्रश्न थियो।

कांग्रेस नेता थापाले भने, ‘हिजो अरूलाई लम्पसारवादी भन्ने ओलीलाई आज सुपर लम्पसारवादी भन्न पाइने कि नपाउने ? ’

‘गर्जने बादल बर्सदैन भन्ने नेपाली उखान आज मोदी भ्रमणमा ओलीले प्रमाणित गरेको’ थापाको आरोप थियो।

भारतीय प्रधानमन्त्रीको भ्रमणबारेमा ओलीले आइतबार संसद्मा स्पष्टिकरण दिनुको अर्थ उनमा रहेको हिनताबोधबाहेक केही हुन सक्दैन थापाले भने।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको अडानले मात्रै संविधान जारी भएको स्मरण गर्दै थापाले भने, ‘संविधान दिनेलाई अप्ठ्यारो पार्न नाकाबन्दी लाग्यो, आज त्यही सुशीललाई लम्पसारवादी भन्नु गलत हो।’

एमाले सांसद महेश बस्नेतले भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा चुनौतीपूर्ण भएकाले भारतीय सुरक्षाकर्मी नेपाल आएको प्रष्टीकरण दिए।

विराटनगर सम्पर्क कार्यालय र सीमा समस्या किन उठाइएन : भुसाल

माओवादी सांसद पम्फा भुसालले विराटगरमा रहेको भारतीय दूतावासको सम्पर्क कार्यालय हटाउने, सीमा समस्यालगायतका राष्ट्रिय एजेण्डाले किन स्थान नपाएको भन्ने प्रश्न गरिन्।

दुई देशका प्रधानमन्त्रीको भ्रमणको तिथि, मिति, एजेण्डा सार्वजनिक गर्दा कुटनीतिक कमजोरी भएको आरोप उनको थियो। यस्तो कार्य परराष्ट्र मन्त्रालयमार्फत हुनुपर्नेमा भुसालको जोड थियो।

भारतीय सांसद कीर्ति आजादाको धारणाको सरकारले तत्काल खण्डन गरी भारत सकारलाई खवरदारी गर्नुपर्ने उनले बताइन्।

भारतीय सुरक्षाकर्मीको नेपालमा सहज अवतरण बारेमा जानकारी दिनु माग गरिन्। ‘विगतमा चीनका प्रधानमन्त्री पनि आएका थिए त्यस्तो त भएन। नेपाली सेनालगायतका सुरक्षाको सक्षमता, भूमिकालाई न्यूनिकरण गरिनु राष्ट्रवाद हुन सक्दैन।’

भारतीय सुरक्षाकर्मीको कमाण्डो घेराका कारण जनकपुरमा मन्त्री समेत जान नकसेकोमा भुसालले आपत्ति जनाइन्।

कांग्रेसका सांसद अमरेशकुमार सिंहले दुबै देशका प्रधानमन्त्रीका भ्रमण पारदर्शी नभएकोमा आपत्ति जनाए। सिंहले दुवै भ्रमणले नेपालको राष्ट्रियता र स्वाभिमान विपरित कार्य गरेकोमा उनले दुःख व्यक्त गरे।

‘परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा देखाएको तदारुकता र अरुण तेस्रोमा ऊर्जा मन्त्रीलाई ‘बाइकट’ गरेकाले संस्थाहरूलाई कमजोर पार्ने र व्यक्ति बलियो पार्ने भएको आरोप सिंहले लाए।

‘राष्ट्र हितमै परराष्ट्र नीति’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताए। उनले भने, ‘राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको आन्तरिक विषय द्विपक्षीय छलफलको विषय हुन सक्दैन।’

उनले भने, ‘भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमणका बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति खेदजनक छ।’

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीका बीचमा भएका कुराकानी विषयलाई विवादको विषय नबनाउन तथा सुरक्षाका विषयलाई विवादमा नतान्न उनले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.