टोल–टोलमा सुरक्षा समूह गठन

टोल–टोलमा सुरक्षा समूह गठन

सुर्खेत : बढ्दो जनसंख्यासँगै सुरक्षा चुनौती पनि थपिँदै गएपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सुरक्षाका लागि प्रहरीले सुरक्षा योजना बनाएको छ। ‘सुरक्षित सुर्खेत’ कार्ययोजनाअन्तर्गत वीरेन्द्रनगरसहित समग्र सुर्खेतलाई नै सुरक्षित र अमनचयनयुक्त स्थान बनाउने उद्देश्यअनुरूप सुर्खेत प्रहरीले आफ्नो वार्षिक कार्ययोजना तयार पारेको हो। 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित समग्र सुर्खेत जिल्लालाई पूर्णरूपमा सुरक्षित बनाउने लक्ष्यसहित प्रहरीले एक वर्षको आफ्नो कार्ययोजना सार्वजनिक गरेको छ। नागरिकलाई सुरक्षित भएको अनुभूति हुने गरी प्रहरी सेवा प्रभावकारी बनाउन एकबर्से रणनीतिक कार्ययोजना नै तयार पारिएको छ। जसलाई प्रभावकारी बनाउन प्रहरीले टोल–टोलमा सुरक्षा समूह गठन गर्ने भएको छ। सदरमुकामदेखि गाउँसम्म सुरक्षित वातावरण बनाउन टोलस्तरमा समूह गठन गरिनेछ। सुरक्षा समूह गठन साउनदेखि नै सुरु हुने प्रहरीले जनाएको छ। स्थानीय निकाय, महिला सञ्जाल तथा युवा क्लबको समन्वयमा प्रत्येक स्थानीय तहमा सात जनाको सुरक्षा समूह गठन गर्न लागिएको हो।

‘हामीले समाजलाई सुरक्षित बनाउन नयाँ प्रयोगका रूपमा प्रत्येक टोलमा सुरक्षा समूह गठन गर्ने रणनीति तयार पारेका छौं,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चुतर्वेदीले भने, ‘उक्त समूहले टोल, वडा र तहको सुरक्षा अवस्था, आगामी रणनीति तथा अनुसन्धान र मेलमिलापमा समेत मद्दत गर्नेछन्।’ योजनामा घरेलु हिंसा, सामाजिक अपराध, बालविवाह, लागुऔषध दुव्र्यसनी, सवारी दुर्घटनालाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ। कार्ययोजनाअन्तर्गत प्रहरीले जनचेतना अभिवृद्धि गर्नेदेखि टोल–टोलमा प्रहरी परिचालन र घरदैलो अभियान सञ्चालन गर्नेसम्मका कार्यक्रम समावेश गरेको छ। अब नौ वटा स्थानीय तह रहेको सुर्खेतमा सुरक्षा प्रदान गर्न हरेक टोलमा प्रहरी पुग्ने भएको छ।

वडा र टोलमा प्रहरी परिचालन गरी त्यहाँका आपराधिक तथा सामाजिक समस्या पहिचान गरिने कार्ययोजना प्रहरीको छ। जिल्लालाई सुरक्षित बनाउन स्थानीय नागरिकको सहयोग र जनप्रतिनिधिसँग सहकार्य गर्ने प्रहरीले जनाएको छ। स्थानीय स्तरमा हुने अपराध न्यूनीकरणबिना सुरक्षित जिल्ला बनाउन नसकिने निष्कर्ष निकाल्दै प्रहरीले सचेतनासँगै विशेष प्रहरी टोली पनि परिचालन गर्ने जनाएको छ। मानव बेचविखन न्यूनीकरणका लागि पनि रणनीतिमा विशेष योजना समावेश गरिएको एसपी चतुर्वेदीले जानकारी दिए।

बालविवाह, हिंसा, घरेलु हिंसा, सामाजिक अपराध न्यूनीकरणका लागि सर्वसाधारणलाई जनचेतना अभिवृद्धि गर्ने कार्ययोजना छ। वैशाखदेखि स्थानीय निकाय, महिना तथा बालबालिका कार्यालय, बाल समूह र आमा समूहमार्फत अपराध न्यूनीकरण गर्ने उनले बताए। यस्तै, पछिल्लो समय लागुऔषध नियन्त्रण चुनौतीका रूपमा खडा भएकाले त्यसको समाधान गर्न छुट्टै योजना प्रहरीले निर्माण गर्ने भएको छ।

प्रहरीले आफ्नो योजना कार्यान्वयनका लागि जनशक्ति अभाव भएकाले केन्द्र सरकारसँग जनशक्ति माग गरिएको जनाएको छ। हाल स्थानीय तहमा रहेका प्रहरी पोस्ट, इकाइमा समेत जनशक्ति व्यवस्थापन गर्ने कार्य भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सुर्खेतलाई सुरक्षित जिल्ला बनाउन नागरिक समाजको सहयोग अपरिहार्य रहेको बताए। आपराधिक गतिविधि समाजमै हुने भएकाले नागरिक नै सचेत भएर सुरक्षित समाज निर्माणमा अग्रसर हुनुपर्ने बताए। उनले प्रहरी र नागरिक मिलेर सुरक्षित सुर्खेत बनाउने अभियान सफल बनाउन आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.