सिद्धार्थको शाखा जुम्लामा
जुम्ला : सिद्धार्थ बैंकले जुम्लामा शाखा विस्तार गरेको छ।सिद्धार्थले जुम्लाको सदरमुकाममा ११२ औँ शाखा विस्तार गरेको हो। सोमबारदेखि अनौपचारीकरुपमा शाखा विस्तार गरी काम सुरु गरेको शाखा प्रवन्धक रोजनराज दाहलले बताए।
शाखा विस्तारपछि सोमबार मात्र झण्डै ५० जनाले खाता खोलेका छन्।जुम्लामा पछिल्लो समयमा एक दर्जनबढी बैंकले शाखा विस्तार गरेका छन्।