काठमाडौं महानगरपालिकाले छिट्टै धुलो सफा गर्ने मेसिन ल्याउँदै

काठमाडौं महानगरपालिकाले छिट्टै धुलो सफा गर्ने मेसिन ल्याउँदै

काठमाडौं : धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ। अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए।

आचार्यका अनुसार गत चैत २२ गते उक्त यन्त्र ल्याउनका लागि बोलपत्र आह्वान गरिएकोमा सात वटा कम्पनीले प्रस्ताव पेश गरेका छन्। बोलपत्र छनोटका लागि रविनमान श्रेष्ठको संयोजकत्वमा बोलपत्र मूल्याङ्कन उपसमिति गठन गरिएको छ। कामपाले १२ करोड रुपैयाँ मूल्य बराबरको पाँच वटा यन्त्र ल्याउने तयारी गरेको छ।

हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ। कामपाको भवन रहेको बागदरबार वरपर, लैनचौर, रत्नपार्क, जमल, पुरानो बसपार्क, पुतलीसडक चोक, त्रिचन्द्र कलेज आसपास र भद्रकालीबाट एक हजार ६०० टन धुलो र फोहर संकलन गर्दै आएको छ। 

अघिल्लो वैशाखमा जनप्रतिनिधि आएसँगै सुरु गरेको ‘क्लिन द सिटी’ अभियानअन्तर्गत उक्त परिमाणमा धुलोे व्यवस्थापन गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.