के बालबालिकालाई पनि डिप्रेसन हुन्छ ?
डिप्रेसन मानसिक समस्या हो।चिन्तालाई व्यवस्थापन गर्न नसक्दा यो रोग लाग्न सक्छ।यसको उपचार न त अौषधि सेवनबाट मात्र संभव छ न त शल्यक्रिया गरेर नै।यो रोगबाट जुनसुकै उमेरका, जुनसुकै व्यक्ति, जतिबेला पनि प्रभावित हुनसक्छन्।
तनाव जीवनशैली बिताउनेहरु नै यसको मारमा पर्ने गरेको मनोविद् बताउँछन्।पछिल्लो समय बढ्दो उमेरका बालबालिका पनि यो रोगबाट प्रभावित हुने गरेका छन्।
मनोवैज्ञानिकका अनुसार फ्लुको संक्रमण वा लामो समयदेखि बिरामी भइरहने बालबालिका मानसिक रोगबाट प्रभावित हुनेगर्छन्।समयमै रोग पत्ता लागे यो रोगबाट बच्न सकिन्छ।
एक अध्ययनअनुसार १९ वर्ष मुनिका केटाकेटीमा चारमध्ये एकमा डिप्रेसन भएको पाइएको छ।एक्लोपना मन पराउने र जिद्दी स्वभावका कतिपय केटाकेटी डिप्रेसनको शिकार हुने गर्छन्।
मनोविज्ञका अनुसार जुन बालबालिका खुलेर कुरा गर्दैनन्, घुमघाममा जान मान्दैनन् र जिद्दी गर्ने खालको छ भने यिनै बालबालिका एक प्रकारको डिप्रेसनबाट प्रभावित भएका हुन्छन्।कतिपय बढ्दो उमेरका बालबालिका 'चाइल्ड हुड डिप्रेसन'को मारमा परेका हुन्छन्।जुन कुरा हामीले ध्यान दिन सकेका हुँदैनौ।
यस्तो अवस्थाका बालबालिकाको मनस्थिति जतिसक्यो जाँडो बुझ्नु आवश्यक हुन्छ।समयमै बालबालिकामा देखा परेको समस्यामा ध्यान सकेनौ भने पछुताउनुबाहेक विकल्प हुँदैन।
चाइल्डहुड डिप्रेसन भएका बालबालिकालाई अौषधि वा उचित सल्लाहको आवश्यकता पर्छ। मुख्य समस्या पत्ता लगाइ त्यहीअनुसारको सल्लाहबाटै उनीहरुलाई डिप्रेसनबाट बचाउन सकिन्छ।
जब डिप्रेसन अन्तिम चरणमा पुग्छ त्यतिबेला सल्लाहको कुनै तुक लाग्दैन।त्यतिबेला इजेक्सन वा लामो समयसम्म अौषधि सेवन गर्नुपर्ने हुन्छ।यतिमात्र नभएर मनोविद् र मनोचिकित्सकको विशेष सहयोग लिनुपर्ने हुन्छ।
डिप्रेसन एउटा जटिल समस्या हो।समयमै थाहा भयो भने निको हुनसक्छ।नत्र यसले विकराल रुप लिनसक्छ।त्यसैले समयमै आफ्ना केटाकेटीको आनीबानी,स्वभाव र आचरणमा ध्यान दिइ डिप्रेसन हुनबाट बचाअौं।
बालबालिकामा डिप्रेसनका लक्षण
- लगातार स्कुल जान नमान्ने
- साथीहरुबाट टाढा बस्ने
- खानामा रुची नराख्ने
- सधै एक्लो महशुस गर्ने
- पेटसम्बन्धी समस्या भइरहने
- पढाइमा मन नदिने
- जिद्दी स्वभावको भएमा
- घुमफिरमा निस्कन मन नपराउने
के कारणले हुन्छ डिप्रेसन
- सधैं परिवारमा कलह वा झगडा भएमा
- स्कुलमा शिक्षक/शिक्षाकाबाट कुटाइ खाएमा
- शारीरिक तथा मानसिक तनाव भएमा
- यौन शोषण भएमा
- परिवारमा कसैलाई डिप्रेसन भएमा
डिप्रेसनबाट बच्न
- समयमा उठ्ने,सुत्ने र पढ्ने तालिका बनाइदिने
- अभिभावकले पनि स्वयं बालबालिकाकै तालिकाअनुसार चल्ने
- आमाबुवाले बालबालिसँग घरका समस्या नराख्ने
- छुट्टीको समयमा रमणीय स्थानमा घुम्न लैजाने।
- बालबालिकासँग कहिल्यै झुटो नबोल्ने
एजेन्सी