राजश्व छलीको आशंकामा ट्रक नियन्त्रण

राजश्व छलीको आशंकामा ट्रक नियन्त्रण

भैरहवा : राजश्व छलीको आशंकामा पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । भैरहवा भन्सारबाट गएका दुई वटा ट्रकमा लोड रहेको एक्साभेटर र ह्यामर (ब्रेकर) मध्ये ह्यामर बिना भन्सार पास भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिइएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयका प्रमुख नरेन्द्रराज पाण्डेले जानकारी दिए ।

गत वैशाख २९ गते एम ५६४६६ नम्बरको प्रज्ञापन पत्रबाट ३ लाख ८६ हजार २ सउ ८२ रुपैयाँ र एम ५६४६१ नम्बरको प्रज्ञापन पत्रबाट ३ लाख ८६ हजार ८ सय ४७ रुपैयाँ राजश्व बुझाएर दुई प्रज्ञापन पत्रबाट दुई एक्साभेटरको भन्सार गरिएको भन्सार कार्यालयको तथ्यांकमा देखिएको छ ।

तर, सोमबार राति ना ७ ख ९३२८ र ना ५ ख ७३८३ नम्बरको उक्त ट्रक काठमाडौँ जाने क्रममा अनुसन्धान कार्यालय नवलपरासीको दाउन्नेमा ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा लोड रहेको एक्साभेटरको प्रज्ञापनपत्र रहेपनि दुई वटा ह्यामरको प्रज्ञापनपत्र नहुदाँ राजश्व छलीको आशंकामा ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

यता भारतको ट्याक्टर्रस इण्डिया प्रालिबाट एक्साभेटर आयात गरेको बतास ट्याक्टर प्रालि काठमाडौँले नियन्त्रणमा लिइएको ह्यामर आफूहरुले पहिल्यै आयात गरेर स्टकमा राखेको र सोही ह्यामर विक्री गरिएको कारण भ्याटबिल जारी गरेर लैजाने क्रममा अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको दाबी गरेको छ ।

बतास ट्याक्टर प्रालिले भ्याट नम्बर ३०४००६८७७ बाट वैशाख २४ गतेको मितिमा कार्की रोड्स ढुंगा उद्योग प्रालि बनेपा र हङपाङ निर्माण सेवा प्रालि अत्तेरिया त्रिवेणीको नाममा विजक जारी गरी बिक्री गरेको देखिएको छ । ह्यामर काठमाडौँ लैजाने क्रममा सक्कली भ्याट विजक हुनुपर्नेमा विजकको फोटोकपी रहेको कारण पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रमुख पाण्डेले बताए ।

यता भैरहवा भन्सार कार्यालयका सूचना अधिकृतले कलिराम पौडेलले भन्सार कार्यालयबाट दुई वटा एक्साभेटरको भन्सार भएको र राजश्वले नियन्त्रणमा लिएको ह्यामरको विषयमा जानकारी नभएको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.