मकालु हिमाल आरोहणका क्रममा शेर्पा गाइडको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा शेर्पा गाइडको मृत्यु

सोलुखुम्बुः मकालु हिमाल आरोहणका क्रममा आज एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका-८ केरुङका आङ दावा शेर्पा रहेका छन् । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए । 

प्रहरीका अनुसार शेर्पाको मंगलबार बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ समूह लिएर संखुवासभामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए । 

शेर्पाको शव मंगलबारै हेलिकोप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडौँ लगी शवपरीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.