सुर्खेतबाट हुम्ला उडेको मकालुको जहाज सम्पर्कविहीन
सुर्खेतः अपडेट ः मकालुको जहाज मकालु जहाज भेटियो ।
वीरेन्द्रनगरबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको नाइन एन जेयु जहाज बेपत्ता भएको छ।
बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट कार्गो लिएर सिमकोटका लागि उडेको मकालुको जहाज सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेम ठाकुरले जानकारी दिए।
बाजुरासम्म सम्पर्कमा रहेको जहाज बेपत्ता भएको २ घण्टा हुँदा पनि अवस्था पत्ता लागेको छैन। उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट विमानस्थलमा अवतरण गर्ने सेड्युल थियो। कार्गो विमानमा चालक दलका सदस्यहरू किरण भट्टराई र आदित्य नेपाली सवार थिए।
'खोजी जारी'
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कर्णाली करिडोर आसपास दुर्घटनामा परेको शंकामा प्रहरी तथा नेपाली सेना परिचालन गरिएको जानकारी दिए।
'पुष्टि गर्न हामीले पनि सकेका छैनौँ', अन्नपूर्णसँग प्रजिअ बरालले भने, 'प्रहरी र नेपाली सेनाको टोली परिचलान भएको छ, स्थानीयहरूसँग पनि खोजी जारी राखेका छौँ।'